Like us!
Follow us!
Connect us!
Watch us!

संसदमा पूँजी बजार चर्चा : लगानीकर्ताको चिन्ता कि भोट तान्ने अस्त्र ?

अर्थ संसार

शुक्रबार, २० जेठ २०७९, १२ : ५४ मा प्रकाशित

संसदमा पूँजी बजार चर्चा : लगानीकर्ताको चिन्ता कि भोट तान्ने अस्त्र ?

पछिल्लो समय नेपालमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको संख्या उख्लेख्य वृद्धि भएको छ । कोभिडका कारण लगानीका अन्य अवसर बन्द हुनु र ११ सयको बिन्दुमा रहेको नेप्से परिसूचक ३२०० सम्म पुग्दा अधिकांश लगानीकर्ताहरुले राम्रो मुनाफा कमाएका कारण पनि पूँजीबजारमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । 

अहिलेको पछिल्लो तथ्याङ्क अनुसार डिम्याट खाता खोल्नेको संख्या करिब ५२ लाख पुगेको छ भने दोस्रो बजार कारोबारका लागि ब्रोकर खाता खोल्नेहरुको संख्या करिब १२ लाख नाघेको छ । त्यस्तै करिब २७ लाखको संख्यामा आईपिओमा आवेदन परेको रेकर्ड छ । 

डिम्याट खाता खोल्नेहरुको संख्यालाई हेर्यौ भने अहिले नेपालको जनसंख्याको १७ प्रतिशतभन्दा बढि जनसंख्या प्रत्यक्ष रुपमा पूँजीबजारमा आवद्ध छ । दोहोरिएका डिम्याट खाता हटाउदा समेत देशको कूल जनसंख्याको करिब १६ प्रतिशत जनसंख्या पूँजीबजारको प्राथमिक बजारमा आवद्ध छ भने ४ प्रतिशत भन्दा बढि जनसंख्या दोस्रो बजारमा आवद्ध छ । 

यसरी पूँजीबजारमा लगानीकर्ताहरुको संलग्नता बढेसंगै यसको चर्चा र यसका बिषयमा सडक देखि संसदसम्म हुन थालेको छ । केहि पहिलेसम्म पूँजीबजारका बारेमा केहि पनि थाहा नभएका नेताहरु अहिले पूँजीबजारका बारेमा संसदमा समेत चर्को बहस गरिरहेको देखिन्छ । 

बजारमा संलग्न नागरिकहरुको संख्या बृद्धि भएसंगै समाचारको हेडलाईन र नागरिकको ध्यान तान्ने अस्त्रका रुपमा नेताहरुले पूँजीबजारको प्रयोग गरिरहेको कतिपय लगानीकर्ताहरुको आरोप छ । यदि वहाँहरु बजारप्रति त्यति धेरै सेन्सिटिभ भएको भए बजारमा यति ठुलो गिरावट आँउदा, नियामकहरुले नै निरन्तर बजारलाई प्रहार गर्दा कताँ हराउनु भएको थियो यो नितान्त रुपले वहाँहरुको समचारको हेडलाईन र लगानीकर्ताहरुका माझमा लोकप्रिय बन्ने अस्त्र मात्र हो एक लगानीकर्ताले भने । 

पूँजीबजारका बारेमा संसदमा बहस हुनु बजार र अर्थतन्त्रकै लागि सकारात्मक भएको कतिपय लगानीकर्ताहरुको तर्क छ । बजारका बारेमा संसदमा यसरी बहस हुनुले पनि नेपालमा बिस्तारै बजारको महत्व बढ्दैछ भन्ने पनि हो, हिजोसम्म बजारलाई अनउत्पादनशिल क्षेत्र र जुवाघर भन्ने पार्टीकै नेपाहरुले संसदमा पूँजीबजार विकासको माग गर्नु सकारात्मक कुरा भएको उनिहरुको तर्क छ । 

यो पनिः

राष्ट्र बैंकको गलत नीतिले लगानीकर्तालाई सडकमा ल्यायो

एमाले सांसदको गर्जन-‘बजार हरियोबाट रातोको रातै छ, सरकारले लगानीकर्तालाई ऋण र सहयोग दिन सकेन’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको