Like us!
Follow us!
Connect us!
Watch us!

२५ भन्दा तल झर्न थाल्यो लघुवित्तको पिई रेसियो, अहिले लघुवित्तमा लगानी गर्नु कति सुरक्षित ?

अर्थ संसार

आइतबार, २२ जेठ २०७९, १४ : ०० मा प्रकाशित

२५ भन्दा तल झर्न थाल्यो लघुवित्तको पिई रेसियो, अहिले लघुवित्तमा लगानी गर्नु कति सुरक्षित ?

दोश्रो बजारमा लघुवित्त कम्पनीहरू भन्ने बित्तीकै लगानीकर्ताको छुट्टै आकर्षण हुन्छ । लघुवित्तप्रति लगानीकर्ताको आकर्षण बढ्नुको मुख्य कारण हो लघुवित्तहरूले वितरण गर्ने लाभांश । अन्य सूचिकृत कम्पनीहरूको तुलनामा  लघुवित्तहरूको मूल्य धेरै भएतापनि लघुवित्तहरूले दिने आकर्षक लाभांशले गर्दा लगानीकर्ताहरूले लघुवित्तलाई रोज्ने गर्दछन् । दिर्घकालिन लगानीका लागि पनि लघुवित्तलाई उपयुक्त मानिन्छ । 

बजार निरन्तर घटिरहेको अहिलेको अवस्थामा लघुवित्तहरूको मूल्य एकदमै सस्तो भइसकेको छ । नेप्से परिसूचक अल टाइम हाईबाट ११०० अंक भन्दा तल झरिसकेको छ । ३२ सयको विन्दु नाघेको नेप्से अहिले २ हजारको विन्दुमा छ । नेप्से परिसूचक घट्दा सूचिकृत कम्पनीहरूको मूल्य पनि सस्तिएको हो ।

अहिले दोश्रो बजारमा ५० वटा लघुवित्तहरूको कारोबार भइरहेको छ । जसमध्ये १६ वटा लघुवित्तहरूको पिई रेसियो २५ भन्दा तल झरेको छ । कम्पनीको सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानीबीचको अनुपात प्राइस टु अर्निङ (पिई) रेसियो हो ।  लघुवित्तहरूको पिई रेसियो २५ भन्दा तल झर्नु अत्यन्तै राम्रो मानिन्छ ।

नेपाल स्टक एक्सचेञ्जको शुक्रबारको अन्तिम कारोबार मूल्यका अनुसार ५० वटा लघुवित्तमध्ये १६ वटा लघुवित्तको पिई रेसियो २५ भन्दा तल झरेको हो । शुक्रबारको मूल्य अनुसार हाल सबैभन्दा धेरै पिई रेसियो भएको लघुवित्त विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । संस्थाको पिई रेसियो १०९ दशमलव ७७ प्रतिशत रहेको छ । त्यस्तै, सबैभन्दा थोरै पिई रेसियो उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको रहेको  छ  । संस्थाको पिई रेसियो हाल १८ दशमलव ५६ प्रतिशत रहेको छ ।  

629c687c0c67b.jpg 629c688202bed.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको