नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन बैंक लिमिटेडकाे सेयर काराेबार खुलेकाे छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाे हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम गत वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंककाे सेयर काराेबार राेक्का गरिएकाे थियाे ।
मर्जर प्रकृया टुटिसके पनि काराेबार भने खुलेकाे थिएन । अन्तत : एक वर्ष एक महिनापछि बैंककाे काराेबार खुलेकाे छ । काराेबार खुल्नासाथ बैंककाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । बैंककाे सेयरमूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ५८ रूपैयाँ ९० पैसामा झरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस