नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।
निगमकाे सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य बढाएकाे हाे ।
याेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ र डिजेल तथा मट्टीतेलकाे मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेकाे छ ।
त्यसैगरी, निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस