Like us!
Follow us!
Connect us!
Watch us!

कर समायोजन गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी

अर्थ संसार

शुक्रबार, १० असार २०७९, ०६ : ३७ मा प्रकाशित

कर समायोजन गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले इन्धनको मूल्य घट्नसक्ने संकेत गरेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडूले करका दरमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने बताएका हुन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा यो विषयमा प्रतिनिधिसभा सदस्यले  सरकारको ध्यानाकर्षण गराएपछि उनले यस्तो बताएका हुन् । उनले विद्युतको खपत बढाएर पनि यसको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकारसँग रहेको बताए।

“पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ। मूल्यको समायोजनका लागि संसदमा जुन कुराहरु आएको छ। कर समायोजन गरेर भए पनि मूल्य घटाउनेतर्फ संसदमा कुरा उठेको छ। त्यसको सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको छ”, उनले भने ।

मन्त्री बडूले यसबाहेक विद्युतको खपत बढाउने अर्को विकल्प रहेको र त्यो कामलाई सरकारले प्राथमिकता दिएको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको