Like us!
Follow us!
Connect us!
Watch us!

टिएमएसमा फेरी देखियो समस्या, एओएन पनि हटेन !

अर्थ संसार

आइतबार, १९ असार २०७९, ११ : २४ मा प्रकाशित

टिएमएसमा फेरी देखियो समस्या, एओएन पनि हटेन !

आज (आईतबार) कारोबार सुरू भएदेखि नै टिएमएसमा समस्या देखिएको छ । टिएमएसमा देखिएको समस्याबाट हैरान परेका लगानीकर्ताहरूले सामाजिक सञ्जालमार्फत आफ्नो दुःख व्यक्त गरिरहेका छन् ।

यो समस्या पहिलो पटक मात्रै हैन । बेला बेलामा टिएमएस नचल्ने समस्या लगानीकर्ताहरुले भोगिरहेका छन् । नेप्सेमा देखिएको समस्या प्राविधिक समस्या भन्दा पनि नियोजित रुपमा बजारलाई प्रभावित पार्ने उद्देश्यले बिगारिएको आरोप लगानीकर्ताहरुको छ । नेप्सेमा सधै किन उच्च अंकको बृद्धि वा गिरावट आउँदा समस्या देखिन्छ एक लगानीकर्ताहले दुखेसो गर्दै भने यो थोत्रो टिएमएस कसले सुधार्ने सधै लगानीकर्ताहरुलाई दुख दिने टिएमएस फाले हुन्छ सधै समस्या दिने टिएमएस भन्दा त बरु पुरानै विधि सहि । 

अधिकांश ब्रोकरहरुको टिएमएसमा समस्या देखिएको छ एक ब्रोकरले अर्थसंसारसंग भने चलेका ब्रोकरहरुमा पनि अहिलेसम्म एओएन हटेको भने छैन । 

यता नेप्सेका प्रवत्ता मुराहरी पराजुलीले भने टिएमएस मा समस्या नआएको बताए । ‘टिएमएसमा त्यस्तो समस्या देखिएको छैन बरु कतिपयको एओएन नहटेको भन्ने कुरा आएको छ त्यसलाई मिलाउन प्राविधिक साथीहरु लागी रहनुभएको छ केहि छिनमा समाधान होला’ पराजुलीले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको