Like us!
Follow us!
Connect us!
Watch us!

विदेशमा रहेका नेपालीलाई एनआईबीएल एस क्यापिटलको सेयर तालिम

अर्थ संसार

आइतबार, १९ असार २०७९, १२ : ४१ मा प्रकाशित

विदेशमा रहेका नेपालीलाई एनआईबीएल एस क्यापिटलको सेयर तालिम

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपाली नागरिकहरुको लागि विद्मुतीय माध्यमद्वारा सेयर बजार सम्बन्धि तालिम र सचेतनामूलक कार्यक्रममा सञ्चालन गरेको छ ।

माटो र पसिनाको नाता वैदेशिक अम्दानी स्वदेशमा लगानी भन्ने मूल उद्देशयको साथ क्यापिटलले असार १७ गते यो सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको स्वेदश तथा विदेशमा रहेका पदाधिकारीहरुको साझेदारीमा त्यँहा उपस्थित सहभागीहरुको विभिन्न जिज्ञासाहरु सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुका बारेमा समेत छलफल गरिएकाे छ । 

उक्त कार्यक्रम मार्फत, विदेशमा बसेर कसरी बैंक खाता, डिम्याट खाता र बोक्रर खाता खोल्न सकिन्छ अनि कसरी लगानी गरी राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्ने बारे पनि जानकारी गराएको छ । साथै उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत प्राप्त गरियो र भविष्यमा समेत यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने यस क्यापिटलले जनाएको छ ।   
         

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको