Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तहरुको औषत निष्कृय कर्जा अनुपात २.७२ प्रतिशत, ११ लघुवित्तको निष्कृय कर्जा ५ प्रतिशत माथी

अर्थ संसार

मंगलबार, २१ असार २०७९, ०६ : १३ मा प्रकाशित

लघुवित्तहरुको औषत निष्कृय कर्जा अनुपात २.७२ प्रतिशत, ११ लघुवित्तको निष्कृय कर्जा ५ प्रतिशत माथी

बैंक तथा वित्तिय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय संस्थाहरुको निरिक्षण र सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले उक्त प्रतिवेदन सार्वजनिक गरेको छ । 

उक्त प्रतिवेदनले नियामकको नियम उल्लंघन गर्ने कतिपय लघुवित्त कम्पनीहरुलाई कारवाहीको समेत सिफारिस ग।ेको छ । प्रतिवेदनले लघुवित्त कम्पनीहरुको निष्कृय कर्जाको अवस्था समेत सार्वजनिक गरेको छ । 

सामान्यतया बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेका असल तथा सुक्ष्म निगरानीमा रहेका कर्जालाई सक्रिय कर्जा र भाका नाघेका कर्जालाई निष्कृय कर्जा भनिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त संस्थाहरुले प्रवाह गरेको कर्जा र सापटको साँवा वा ब्याज भुक्तानी हुनुपर्ने भाका नाघेको अवधिका आधारमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ ।

२०७८ असार मसान्तसम्ममा लघुवित्त संस्थाहरुको औषत निष्कृय कर्जा अनुपात २.७२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढि निष्कृय कर्जा बुद्ध ज्योति लघुवित्त वित्तिय संस्थाको रहेको छ संस्थाको निष्कृय कर्जा अनुपात ८.८१ प्रतिशत रहेको छ । 

यी हुन् सबैभन्दा बढि निष्कृय कर्जा अनुपात भएका लघुवित्त संस्थाहरुः 

62c385fc5bd88.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको