Like us!
Follow us!
Connect us!
Watch us!

‘पूँजी बजार पैसा कमाउने मात्र नभई पैसा छाप्ने ठाँउ पनि हो तर तरिका जान्नुपर्छ’

अर्थ संसार

बुधबार, २२ असार २०७९, ०७ : १३ मा प्रकाशित

पूँजी बजार पैसा कमाउने मात्र नभई पैसा छाप्ने ठाँउ पनि भएको बताउछन् अनुभवि एबं पुराना लगानीकर्ता विष्णु सुवेदी । अर्थसंसारसंगको कुराकानीमा उनले पूँजी बजारबाट तरिका जाने पैसा कमाउन मात्र नभई छाप्न पनि सकिने बताएका हुन् । 

‘मूख्य गरी भन्नु पर्दा पूँजी बजार भनेको पूँजी निर्माण गर्ने ठाँउ नै हो’ उनले भने ‘लगानीकर्ताको हिसाबले भन्दा यो पैसा छाप्ने मेसिन पनि हो तर त्यो मेसिनलाई सहि तरिकाले चलाउने ज्ञान र सिप हामिमा हुनु जरुरी छ तर यहाँबाट पैसा कमाउन सजिलो भने छैन यहाँ पैसा कमाउनु भनेको गोहिको मुखबाट आहारा छिन्नु जस्तै हो ।’

बजारको सुरुवाती दिनलाई सम्झदै उनले भने ‘मैले बजारका सुरुवाती दिनमा राम्रो मुनाफा हुँदा पनि नाफा बुक गर्न नसक्दा नराम्रोसंग नोक्सानी व्यहोर्नुपर्यो मेरो ३५ लाखको लगानी घटेर ९ लाखमा आयो त्यो अवस्थामा एभ्रजिङ गर्नु बाहेक म संग अरु उपाए थिएन अनि एभ्रजिङ गर्ने पैसा पनि थिएन त्यो बेला मैले मसंग भएको एउटा जग्गा बेचेरै एभ्रजिङ गरे आज सम्मा मलाई त्यो निर्णयले पछुताउनु परेको छैन ।’

अहिलेको बजारलाई हेर्दा केहि हदसम्म बुल र बियरको साईकल नै परिवर्तन भएको मान्न सकिने बताछन् उनि । बजारमा पछिल्लो करिब ११ महिनामा आएको करेक्सनलाई हेर्दा बियर कम्पिलिट भएजस्तो देखिन्छ तर अवधिलाई हेर्दा फेरी समय पुगेको छैन त्यसले पनि अब बुल र बियरको साइकल पहिला भन्दा परिवर्तन भएको मान्न सकिने उनको तर्क छ ।

सुवेदीसंग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको