Like us!
Follow us!
Connect us!
Watch us!

माईक्रोफाइनान्स एसोसिएसनलाई प्रश्न : यो एसोसिएसन लघुवित्तका लगानीकर्ताहरूको मात्रै हो ?

अर्थ संसार

मंगलबार, २८ असार २०७९, १५ : ०१ मा प्रकाशित

माईक्रोफाइनान्स एसोसिएसनलाई प्रश्न : यो एसोसिएसन लघुवित्तका लगानीकर्ताहरूको मात्रै हो ?

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सत्यनारायण झाले माईक्रोफाइनान्स एसोसिएसन अफ नेपालको अस्तित्वमाथि प्रश्न चिन्ह उठाएका छन् । 

आज एसोसिएसनले आयोजना गरेको मौद्रिक नीति र लघुवित्तहरूको वर्तमान अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एसोसिएसनमाथि प्रश्न चिन्ह खडा गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, "माईक्रोफाइनान्स एसोसिएसन के का लागि ? माईक्रोफाइनान्स एसोसिएसनले लघुवित्तका हक हितका लागि आवाज उठाएको खोई ? हाम्रो आवाज सम्बन्धित ठाउँमा किन पुगेन ? यो एसोसिएसन लघुवित्तका लगानीकर्ताहरूको एसोसिएसन हो ? अहिले संकट भनेको लघुवित्तका संस्थापकहरूको मात्रै हो ? कुनै लघुवित्तको आधार दर १७ प्रतिशत पुगेको छ कुनैको २२ प्रतिशत पुगेको छ ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको