Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरको मुद्दामा आज सर्वोच्चमा सुनुवाई हुँदै

अर्थ संसार

विहीबार, ३० असार २०७९, १२ : ५१ मा प्रकाशित

गभर्नरको मुद्दामा आज सर्वोच्चमा सुनुवाई हुँदै

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आज सर्वोच्चमा सुनुवाई हुँदैछ । न्यायाधिशद्वय बम कुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलाशमा आज गभर्नरको बर्खास्ती र पुनर्बहाली सम्बन्धी मुद्दामा सुनुवाई हुन लागेकाे हाे । 

यसअघि वैशाख ६ गते, मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले गभर्नरको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि बोलाएको थियाे । 

२४ चैत २०७८ मा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्दै जाँचबुझका लागि समिति गठन गर्ने निर्णय गरेको थियो ।  निलम्बनमा परेपछि अधिकारीले गैरकानुनी, बदनियतपूर्ण र पूर्वाग्रह रुपमा जाँचबुझ समिति गठन गरेर निलमबन गरिएको दाबी गर्दै रिट दायर गरेका थिए । जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्नुका साथै आफूमाथि निलम्ब समेत फुकुवाको आदेश जारी गर्न माग गरेका थिए ।  

साेही रिटमाथि भएको सुनुवाइमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियाे । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको