Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिनमा ७ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

अर्थ संसार

सोमबार, ०२ साउन २०७९, १५ : ३५ मा प्रकाशित

एकैदिनमा ७ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ७ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार असार ३१ गते, शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । असार ३० गते, बिहीबारसम्म बैंकहरूकाे निक्षेप ५१ खर्ब २ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ७ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि एक अर्बले बढेर ४५ खर्ब ४ अर्ब पुगेकाे छ ।

बैंकहरूको कर्जा प्रवाह भने २ अर्बले घटेर ४६ खर्ब ७७ अर्ब रूपैयाँमा झरेकाे छ । वाणिज्य बैंकहरूकाे कर्जा लगानी पनि ३ अर्बले घटेर ४१ खर्ब ४६ अर्ब रूपैयाँमा झरेकाे छ । 

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८६.७५ प्रतिशतबाट घटेर ८६.४९ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

62d52fe043fba.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको