Like us!
Follow us!
Connect us!
Watch us!

रमेश हमालको नेतृत्वमा पूँजी बजारको विकासले यसरी लिँदैछ नयाँ उचाई

तिलक कोइराला

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, ०९ : ४२ मा प्रकाशित

रमेश हमालको नेतृत्वमा पूँजी बजारको विकासले यसरी लिँदैछ नयाँ उचाई

नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष रमेश हमालको आगमन र हामी लगानीकर्ताहरुको निर्णायक पहलले नेपालको पूँजी बजारको विकास र विस्तारले नयाँ फड्को मार्दैछ । यसो भन्दैमा पूँजी बजारमा लगानी गर्न आउने सबैले अन्धाधुन्ध रुपमा गर्ने लगानीले सबैलाई उत्तिकै प्रतिफल दिन्छ र सबैले कमाउँछन् भन्ने हैन । 

नेपाल धितोपत्र बोर्डसँग हामी लगानीकर्ताहरुको तर्फबाट भएको १९ बुँदे सम्झौता पूँजी बजार विकास र विस्तारको प्रस्तान विन्दु हो । यसले बजार विकास र विस्तारको ढोका खोलेको छ र लामो यात्रा पार गर्न पाईला चाल्ने क्रम शुरु भएको छ । 

नेपालको पूँजी बजारलाई विश्वका अन्य विकाशोन्मुख देशहरुको बजारकै हाराहारीमा पुर्याउन आवश्यक नीति, नियम प्रविधि र पुर्वाधारको सही बन्दोबस्तीपछि सही नियमन गर्ने प्रत्याुभति १९ बुँदे सहमतिले गरेको छ र त्यो कार्यान्वयनको चरण समेत शुरु भईसकेकाले लगानीकर्तामा आशा जागेको छ । खासगरी १० दिने आमरण अनशन र त्यस क्रममा लगानीकर्ताहरुले गरेको संघर्षको जगमा जुन वातावरण निर्माण भएको छ, त्यो दुरगामी महत्वको छ ।

दुबै तर्फ एओएनको खारेजी, ब्रोकरहरुको १६ वटा शाखा विस्तारमा तत्काल स्वीकृतिको निर्णय हुँदै सबल र सक्षम सेयर दलालहरुलाई भित्र्याउने गरी धितोपत्र बोर्डबाट भएका निर्णयहरु क्रान्तिकारी परिवर्तनका संकेतहरु हुन् । अहिलेका ब्रोकरहरुको पूँजी वृद्धि र क्षमता बिस्तार गर्नेपर्छ थर यतिले मात्र नेपालको पूँजी बजार विस्तार सम्भव नभएकाले क्षमतावान संस्थागत ब्रोकरहरुको बन्दोबस्तीको निर्णय एैतिहासिक आवश्यकता नै थियो, जसलाई धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले साहसका  साथ अगाडि बढाउनु भएको छ र प्रधानमन्त्री शेरबहादुर देउवाको साथ अध्यक्ष हमाललाई भएको हुँदा त्यो निर्णय चाँडै नै मन्त्रिपरिषदबाट पारित भएर कार्यान्वयनमा आउने कुरामा रत्तिभर अविस्वास गर्नु पर्दैन । प्रधानमन्त्री देउवाकै निर्देशनमा बोर्ड र हामी लगानीकर्ताबीच १९ बुँदे सहमति भएको कुरा कसैले बिर्सनु हुँदैन ।

त्यस्तै प्रतिस्पर्धात्मक ब्रोकर कमिशन तय गर्ने कुरामा पनि नेपाल धितोपत्र बोर्ड निकै अगाडि बढिसकेको देखिन्छ र चाँडै नै अर्को सुखद समाचार लगानीकर्ताले सुन्न पाउने छन् । ब्रोकर कमिशन घटाउने कुरा मात्रै हैन, कमिशन कम गरेर लगाानीकर्ता आपसमै तानातान गर्ने ब्रोकरहरुको प्रतिस्पर्धाले पूँँजी बजार नै लाभान्वित हुने छ । सबै ब्रोकरका एकै खाले सेवा सुविधा र उउटै कमिशन दर हुँदा कसले लगानीकर्तालाई सस्तो र गुणस्तरीय सुविधा दिने भन्ने प्रतिस्पर्धा हुनु अति आवश्यक देखिँदै आएको थियो ।

सहमतिको बुँदा नम्बर १ मा ५८ बुुँदेका बाँकी कामहरुको सवाालमा धेरै कुराहरु हुनैपर्दछ जस्तो कि बैंक, बीमा र जलविद्युत बाहेक अरु कम्पनीका प्रत्यक्ष नियमनकारी निकाय नभएका तर त्यस्ता कम्पनीहरु उछन  पाछिन गरेर पूँजी बजारमा भित्रदै गरेकोले उनीहरुको नियमन र त्यस्ता कम्पनीहरुको सेयरमा लगानी गर्नेहरुको हितसंरक्षण, संस्थागत सुशासन कसले मिहिन रुपमा हेर्ने ? भन्ने प्रश्न स्वभाविक रुपमा उठेको छ । सही नियमन भएन भने प्रिमियमसहित बुक बिल्डिड.मार्फत आएका यस्ता कम्पनीहरुमा सर्बसाधारण लगानीकर्ताको ठूलो रकम फस्न सक्छ । 

नेप्सेको पुन:संचरनादेखि पूँजी बजारमा नयाँ औजारहरु भित्र्याउने सम्मका दुरगामी कामहरु थकाई नमारी अगाडि बढाउनैपर्छ । त्यसमा कुनै बखेडा झिकेर पूँजी बजारको बिकास र बिस्तार अबरुद्ध पार्ने छुट कसैलाई छैन । 

गंजागोलपूर्ण अहिलेको पूँजी बजारलाई ब्यवस्थित गर्न १९ बुँदे सहमति कोशेढुंगा त हुँदै हो तर यसको पूर्ण कार्यान्व्यनले मात्रै पनि पूँजी बजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने काम पुरा हुने छैन, अरु धेरै कामहरु गर्नुपर्ने छ । अन्तर्राष्ट्रिय क्षेत्रमा बर्षौको अनुभव संगालेर नेपाल धितोपत्र बोर्डको बागडोर सम्हाल्न आईपुग्नु भएको रमेश हमालले धितोपत्र बोर्डको टोली नै लिएर हालै भारतीय पूँजी बजार निमायक सेबीको भ्रमण गराउनु धेरै अर्थपूर्ण छ । भारतमा सेबी जति शक्तिशाली र लगानीकर्ताको हित संरक्षणका लागि क्रियाशील छ, त्यसै गरी सेबोन सक्रिय हुने गरी हमालका आगामी कदमहरु लक्षित हुनेछन् भन्ने यसको संकेत हो । अर्थ मन्त्रालयको शाखा कार्यालय जस्तो हैसियतमा रहेको सेबोनलाई भारतको सेबीको हाराहारीमा पुर्याउन धेरै नीतिगतर व्यवहारिय परिवर्तनहरु आवश्यक छन् तर अव यसको विकल्प पनि छैन । त्यसैले कसैको प्रलोभन, डर, धाक र धम्कीको प्रवाहमा नपरी निडर भएर अगाडि बढ्ने आँट धितोपत्र बोर्डको नेतृत्वमा अपेक्षित छ । 

यी सबै कुराहरु गर्नका लागि हामी लगानीकर्ताहरुको तर्फबाट सशक्त प्रयासहरु जारी नै रहने छन् किनभने धितोपत्र बोर्डका अध्यक्षले चाल्नु भएका ऐतिहासिक कदमहरुलाई रोक्ने, अल्झाउने र हुन नदिने षडयन्त्रहरु शुरु भईसकेका छन् । हामी लगानीकर्ता जागा भएनौ भने फेरि बीचमै गर्भपात हुने खतराहरु ज्युँदै छन् । आम चुनावको मुखमा पूँजी बजार बिकास र बिस्तारका कामहरु रोक्ने प्रयास कुनै पनि राजनीतिक र  प्रशासनिक तहबाट हुन्छ भने हामी त्यसको प्रतिबाद र भण्डाफोर गर्ने नै छौ, जसको परिणाम आम चुनावमा देखिने छ । जुन पार्टीले पूँजी बजार विरोधी काम गर्छ, उसले चुनावमा मूल्य चुकाउनैपर्छ भन्ने हेक्का राखेर काम गर्न सम्बन्धित पक्षलाई फेरि पनि हामी ध्यानाकर्षण गराउँँछौ । 

नेपालको पूँजी बजारको विकास, विस्तारका लागि आवश्यक कामहरु गर्न गराउन हामी मैदानमा उत्रिएका हौँ, हामीले सहमति गरेका र अरु काम कामहरु पुरा भए पनि दोस्रो बजारमा प्रबेश गर्ने सबै लगानीकर्ताले अन्धाधुन्ध रुपमा गर्ने लगानी फाईदाजनक नै हुन्छ र सबैले प्रतिफल हाँसिल गर्ने छन् भन्ने ग्यारेन्टी कसैले पनि गर्न सक्दैन । सेयर बजार धेरै जोखिमको क्षेत्र भएकाले कसैको लहै लहैमा नलागी आफ्नै अध्ययन, विश्लेषण, जोखिम बहन क्षमता बलियो बनाएर, लगानी रणनीति र कौशलले बुुद्धिमत्तापूर्ण लगानी गर्नेहरुका लागि आगामी दिनहरु उत्साहपूर्ण नै हुनेछन् । बजारमा विगतमा हामी लगानीकर्ताहरुकै कारण विकृति आएर जोेखिमको स्तर थामिनसक्नु गरी बढेको थियो र त्यसका लागि नियमनकारी निकायहरु अप्रिय निर्णय गर्न बाध्य भएका थिए भन्ने कुरा हेक्का राख्ने हो भने सुझबुझपूर्ण र विविधिकरणसहितको लगानी एकदम महत्वपूर्ण छ ।
 

हामी आभारी छौँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको