Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरुको निक्षेप एक अर्बले बढ्याे, सीडी रेसियो कति छ ?

अर्थ संसार

आइतबार, २२ साउन २०७९, १७ : ३१ मा प्रकाशित

वाणिज्य बैंकहरुको निक्षेप एक अर्बले बढ्याे, सीडी रेसियो कति छ ?

वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे छ । यता बैंकहरूकाे कर्जा प्रवाह भने स्थिर छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार साउन २१ गते, शनिबारसम्म बैंक तथा वित्तीय संस्थाहरूकाे कुल निक्षेप एक अर्बले बढेर ५० खर्ब ४५ अर्ब पुगेकाे छ । साउन २० गते, शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाहरूकाे कुल निक्षेप ५० खर्ब ४४ अर्ब रहेकाे थियाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि एक अर्बले नै बढेर ४४ खर्ब ४५ अर्ब रूपैयाँ पुगेकाे छ । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी ४१ खर्ब ६० अर्ब रूपैयाँमा स्थिर छ । 

बैंकहरूकाे सीडी रेसियो पनि ८७.६५ प्रतिशत नै यथावत छ । 

62efa67fd484a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको