Like us!
Follow us!
Connect us!
Watch us!

भदौमा पनि निक्षेपको ब्याजदर नबढ्ने !

अर्थ संसार

सोमबार, ३० साउन २०७९, १८ : ३० मा प्रकाशित

भदौमा पनि निक्षेपको ब्याजदर नबढ्ने !

भदौ महिनामा पनि वाणिज्य बैंकहरुले निक्षेपमा ब्याजदर नबढाउने भएका छन् । आज सोमबार बसेको वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स एसोशिएसन को बैठकले भदौ महिनाका लागि पनि ब्याजदर नबढाउने निर्णय गरेको हो । 

‘अहिलेको अवस्थामा ब्याजदर बढाउँदा पनि बैंकहरुमा निक्षेप बढ्ने अवस्था देखिएन’ बैठकमा सहभागि एक सदस्यले भने ‘कार्तिक सम्म कर्जाको ब्याज बढाउन पाइदैन यस्तो अवस्थामा निक्षेपको मात्र ब्याजदर बढाउने हो भने बैंकको खर्च मात्र बढ्छ ।’

भदौ महिनामा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ९.०३ प्रतिशतसम्म ब्याज दिनेछन् । रेमिट्यान्स खातामा भने बैंकहरुले अधिकतम ब्याजदरको १ प्रतिशत बढी दिन पाउने हुँदा १२.०३ प्रतिशत ब्याजदर ग्राहकले पाउने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको