Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकः असल नेतृत्वको सफल मार्गदर्शन, यसरी बन्यो युवा नेतृत्वमा नम्बर वान बैंक !

धिरज पौड्याल

बुधबार, ०८ भदौ २०७९, १४ : ३७ मा प्रकाशित

एनआईसी एशिया बैंकः असल नेतृत्वको सफल मार्गदर्शन, यसरी बन्यो युवा नेतृत्वमा नम्बर वान बैंक !

नेपालमा लामो समयदेखि सर्वसाधारणको पहुँचमा वित्तीय संस्थाहरु पुगेका थिएनन्, जनता बैङ्क सम्म आउनुपर्छ भन्ने अवधारणा रहेको नेपालको बैंकिङ इन्डस्ट्रीमा पछिल्लो समय जनतालाई सेवा दिन जनता बैंकमा हैन बैंक जनतामाझ पुग्नुपर्छ भन्ने अवधारणाको सुरुवातकर्ता हो एनआईसी एशिया बैंक, जसले आज एनआईसी एशिया नेपालको नं. वान वाणिज्य बैंक बन्न सफल भएको छ। 

बि सं २०४१ बाट सुरु भएको नेपालको निजी क्षेत्रको बैंकिङ इतिहास दशाैँ वर्ष वित्दा पनि नवीनतम र इनोभेसन तर्फ बढ्न सकेका थिएनन् तर पछिल्लो केही वर्षयता नेपालकाे बैंकिङमा नवीनतम योजना हरु देखिएका छन् तर कुनै एक बैंकले अघि सारेको योजना सबै बैंकले कपी गर्ने गर्दछन् । बैंकहरुले सेवा योजना कपी गर्नेभन्दा पनि नविनतम प्रयासहरू नेपालको बैंकिङ इन्डस्ट्रीमा कार्यान्वयन गर्दै आएको बैंक हो एनआईसी एशिया बैङ्क ।  

इतिहासले दर्शाएको वर्तमान: 

२०५५ श्रावण ५ गते नेपाल इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक लिमिटेडको नाममा स्थापित बैंक २०७० आषाढ १६ गते बैङ्क अफ एशियासँगको मर्ज सँगै आजको एनआईसी एशिया बैंकको सुरुवात भएको हो । एनआईसी बैङ्क र बैंक अफ एशिया बीच भएको तत्कालीन मर्जरलाई एतिहासिक मर्जरको संज्ञा पनि दिने गरिन्छ । तत्कालीन समयमा मर्जर अघि यी दुवै बैंक सफल बाणिज्य बैंक थिए। मर्जर पश्चात सन् २०१३ मै एनआईसी एशिया बैंक विश्व प्रतिष्ठित वित्तीय पत्रिका Financial Times को “ Bank of The Year 2013 - Nepal ” उपाधिले सम्मानित भयो यो उपाधि एनआईसी एशियाको लागि दोश्रो पटक थियो । यस अघि बैंक २००७ मा सम्मानित भएको थियो । एनआईसी एसिया बैंक २५ वर्षको बैंकिङमा यात्रामा प्रवेश गर्दै गर्दा आफूलाई सुरुवात देखिनै हरेक अवस्थामा आफूलाई अब्बल सावित गर्दै आएको छ।

हाल एनआईसी एशिया बैंक निजी क्षेत्रको ठूलो बैंकको रूपमा आफ्नो परिचय बनाएको छ । बैंकको देशभर ३५९ शाखाहरू, १०२ एक्सटेन्सन काउन्टर, ८१ ब्रान्चलेस बैंकिङ र ४७३ एटीएम संचालित छन् । 

तथ्याङ्क र वित्तमा सधै अब्बल एनआईसी एशिया :

लाभांश इतिहास 

एनआईसी एशिया बैंकक वित्तीय रूपमा सधै अब्बल देखिदै आएको छ। सुरूवातदेखि नै बैंकले आफ्ना लगानीकर्ताहरूलाई आकर्षक प्रतिफल दिँइरहेको छ ।

बैंकमा आजभन्दा ८ वर्ष अगाडी १० हजार लगानी गरेका लगानीकर्ताले करिब २ लाख ९० हजार भन्दा बढी आम्दानी गर्न सफल भएका छन् । यो नाफा २९ गुणा धेरै हो । सो अवधिमा १०० कित्ता लगानी गर्ने लगानीकर्ताको सेयर बढेर ३२५ कित्ता पुगेको छ । 

यस्ताे छ  एनआईसी एशिया बैंकको ९ वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६९/७०

आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०७०/७१ 

आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल ३० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७१/७२

आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३९ प्रतिशत बाेनस र २.०५ प्रतिशत नगद गरि कूल ४१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७२/७३ 

आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २६ प्रतिशत बाेनस र १.३७ प्रतिशत नगद गरि कूल २७.३७ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७३/७४

आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७४/७५

आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५२६ प्रतिशत नगद गरि कूल १०.५२६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७५/७६ 

आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ११.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७६/७७

आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १९ प्रतिशत बाेनस र १ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७७/७८

२०७८/७/८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि चुक्तापुँजीको कुल १५.७८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रायोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो तर राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागबाट बैंकको क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको (पुँजीकोष अनुपात नपुगेको) जनाउँदै राष्ट्र बैंकले लाभांश वितरणसम्बन्धी प्रस्ताव अस्वीकार गरेको थियो। 


 

वित्तीय विवरण :

एनआईसी एशिया बैंकमा आर्थिक वर्ष २०५६/५७ मा १ कित्ता बराबरको साधारण सेयरमा लगानी गर्ने सेयर धनीको हालसम्म आई पुग्दा उक्त सेयर १३.१२ कित्ता पुगेको छ। 

आर्थिक वर्ष २०७८/७९को आषाढ मसान्त सम्म बैंकले ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/८९ मा नाफा ३८.८६% ले बढि हो । 

समीक्षा अवधि सम्म बैङ्कको खुद ब्याज आम्दानी २७.५८ ले बढेर ११ अर्ब ७७ करोड २१ लाख ८७ हजार रुपैयाँ पुगेको छ। आर्थिक वर्ष ७७/७८ मा ९ अर्ब २२ करोड रुपैयाँ थियो । 

चौथो त्रैमासिक सम्म आइपुग्दा बैङ्कको खुद सञ्चालन मुनाफा २५.९२% ले बढेर १४ अर्ब २९ करोड रुपैयाँ भएको छ । बैङ्कको सञ्चालन मुनाफा ६ अर्ब ४० करोड रहेको छ जुन आ ब ७७/७८ भन्दा ३३.५९ प्रतिशतले बढी हो। बैंकको खुद फि तथा कमिसन आम्दानी २७.५७% ले बढेर ११ अर्ब ७७ करोड रुपैयाँ भएको छ ।  

बैँकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ रहेको छ र जगेडा कोषमा १३ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ रहेको छ । बैंकको स्व पुँजीमा प्रतिफल १९.६५ % को रहेको छ र प्रति सेयर आम्दानी रु ३९.१३ आर्जन गर्न सफल भएको छ। 

बैंक निष्क्रिय कर्जलाई ०.४९% कायम गर्न बैंक सफल रहेको छ र बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ % पुगेको छ । चौथो त्रैमासिक सम्म आइपुग्दा बैंकको इपिएस ३९.१३ रुपैयाँ रहेको छ भने पीई रेसियो १७.७९ रहेको छ ।

सेयरबजारमा एनआईसी एशिया बैंक

नेपाल स्टक एक्सचेन्जमा एनआईसी एशिया बैंकको ११५,६४०,०५४ कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेमा बिहीबार बैंकको सेयर मूल्य ६६९ कायम भएको थियो, बैंकको सेयर एक वर्षयता न्युनतम ६३४.०० रूपैयाँ र अधिकतम १०६६.०० रूपैयाँमा कारोबार भएको छ । बैंककाे पछिल्लो १२० दिनको औषत मूल्य ७३६.०९ रहेको छ। 

बैङ्कमा नेतृत्व :

असल नेतृत्वले सफल नतिजाको मार्गदर्शन गर्दछ तर एनआईसी एशियाको नेतृत्वमा सबै कुराहरू छन्। २०५५ मा सरोकारवाला हरुलाई उत्कृष्ठ सेवा दिई पहिलो छनोटको बैंक बन्ने उद्देश्यले स्थापित बैंकमा २४ वर्षको इतिहासमा ४ सिइओले बैंकको नेतृत्व सम्हाल्ने। २०५५ देखि २०५८ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्वमा रहेका केआर आइएरले बैङ्कको लक्ष प्राप्तिको जग थापे । वर्ष २०५८ मा शशिन जोशीले बैङ्कको प्रमुख कार्यकारी अधिकृतको नेतृत्व सम्हाले। उनको नेतृत्व अवधिमा बैंकले दि बैंकर- बैंकर्स अफ दि यर २०१३ र २०१७ गरी २ प्रतिष्ठित पदक प्राप्त गर्यो । उनले आफ्नो नेतृत्व अवधिमा बैङ्कको लक्षलाई थप जोड़ें र २०७१ मा नेतृत्वबाट बिदा भए। शशिन जोशी पछि बैङ्कको नेतृत्व लक्ष्मण रिसालले सम्हाले र उनको नेतृत्वमा रोजाइको बैंक बनाई २०७५ मा बैंकबाट बिदा लिए।  

बि सं २०७५ मंसिर १६ गते आईतबार बैङ्कको ३०९ औं सञ्चालक समितिको बैठकले का.मु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने लाई प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गर्यो । ३८ वर्षको उमेरमा बैङ्कको नेतृत्व सम्हालेका उनलाई तत्कालीन समयमा अपरिपक्क सिईओको संज्ञा दिँदै उनले नेतृत्व सम्हाल्न नसक्ने बताउँथे तर छोटो समयमानै उनले आफ्नो नेतृत्त्व र टिमको सहकार्य बाट बैंकलाई राष्ट्रको अब्बल बैङ्कको रूपमा स्थापित गरे । सिईओ न्यौपानेलाई चैत्र २६ गते नेपाल नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै म्यानेजर अफ दि यर उपाधिले सम्मान गरेको थियो साथै उनी  वर्ष २०७७ मा नेपालको प्रतिष्ठित सम्मान ‘प्रबल जनसेवा श्री ( चतुर्थ )’ विभूषण सम्मानित भएका थिए ।

ग्राहकका आवश्यकता र चाहनाका आधारमा योजना बनाउने उनीले उनको नेतृत्त्व अवधिमा नेपालको बैंकिङ क्षेत्रमा धेरै इनोभेसन देखियो। पहिला बैंक खाता खोली पैसा जम्मा गर्न वा बैंक बाट कर्जा लिन मात्र हुने प्रायोजकको परिचय रूपान्तरण गरी विभिन्न नयाँ योजनाहरू विस्तार गर्ने जसले नेपालको बैंकिंग इन्डस्ट्रीको रूपरेखा परिवर्तन गर्यो र आज सबै बैंकले बिभिन्न स्किमलाई प्रवर्धन। गरेको देख्न पाइन्छ ।

बैंक स्थापनाको २४ वर्षको अवधिमा धेरै व्यक्तिहरूको सहकार्य र नेतृत्वले बैंकलाई आजको उचाई प्राप्त गर्न मद्दत गर्यो। अहिले बैङ्कमा सवाल व्यवस्थापन छ। बैंक अध्यक्षको जिम्मेवारीमा तुलसी राम अग्रवाल रहेका छन्। डिरेक्टरमा त्रिलोक चन्द अग्रवाल, राम चन्द्र सांघाई, निकुञ्ज अग्रवाल, गणेश मान श्रेष्ठ, आदित्य कुमार अग्रवाल, विजया सवार रहेका छन। बैंकको डेपुटी सिईओको जिम्मेवारीमा सुधीर नाथ पाण्डे र सन्तोष कुमार राठी रहेका छन र बैङ्कमा योग्य टीम छ जसले बैंकलाई दिन प्रतिदिन झन् उत्कृष्ठ बनाई रहेको छ ।

नोटः हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्तरुपमा लगानीकर्ताहरुको स्वविवेकमा र्निभर रहन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको