Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंकको सिस्टम ६ घण्टा नचल्ने

अर्थ संसार

विहीबार, ०२ भदौ २०७९, १० : ३७ मा प्रकाशित

ग्लोबल आईएमई बैंकको सिस्टम ६ घण्टा नचल्ने

सिस्टम अपग्रेटका लागि ग्लोबल आईएमई बैंकको सिस्टम ६ घण्टा नचल्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै सिस्टम बन्द हुने बारे ग्राहकलाई जानकारी गराएको हो । 

बैंकले सिस्टम अपग्रेड सम्बन्धी कार्य गर्न लागेकाले आज भदौ ०२ गते बिहिबार राती १२ बजेदेखि ३ गते शुक्रबार बिहान ६ बजेसम्मका लागि बैंकको सम्पूर्ण विद्युतीय कारोबार तथा यसका माध्यमहरू अबरुद्ध रहने हुँदा सम्पूर्ण ग्राहकहरुको जानकारीका लागि सूचना प्रकाशित गरिएको भन्दै यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति बैंक धामाप्रार्थी  रहेको जनाएको छ ।

बैंकले प्रकाशित गरेको सूचनाः

62fdc5f0d5ff8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको