Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल प्रहरीलाई गृहको पत्रः ‘लघुवित्त विरुद्ध आन्दोलन गर्नेलाई कारबाही गर्नु’

अर्थ संसार

विहीबार, ०२ भदौ २०७९, १३ : २५ मा प्रकाशित

नेपाल प्रहरीलाई गृहको पत्रः ‘लघुवित्त विरुद्ध आन्दोलन गर्नेलाई कारबाही गर्नु’

गृह मन्त्रालयलले नेपाल प्रहरीलाई एक पत्र लेख्दै लघुवित्त विरुद्ध आन्दोलन गर्नेहरुलाई कारबा गर्न सिफारिस गरेको छ । भदौ १ गते बुधबार एक पत्र लेख्दै गृह मन्त्रालयले अवैधानिक समूहले कानुन बमोजिम सञ्चालित लघुवित्त विरुद्धमा आन्दोदन गरिरहेको भन्दै नेपाल प्रहरीलाई कारबाही गर्न निर्देशन दिएको हो । 

लामो समयदेखि लघुवित्त संस्थाहरुले पिडित बनाएको भन्दै लघुवित्त विरुद्ध संघर्ष समिती का नाममा आन्दोलन भइरहेको छ । लघुवित्त बैंकर्स संघले उक्त आन्दोलनका नाममा लघुवित्तकर्मिहरुलाई धम्क्याउँदै लघुवित्त कार्यक्रम बन्द गर्न भनेको र यो क्षेत्रलाई नै धरासायी बनाउन खोजेको भन्दै साउन ३० गते गृह मन्त्रालयलाई पत्र लेखेको थियो ।

‘प्रचलित कानुन बमोजिम दर्ता भई सरोकारवाला निकायबाट अनुमति प्राप्त गरी सञ्चालनमा रहेका लघुवित्त संस्थाहरु विरुद्ध हाल केही व्यक्ति तथा ूलघुवित्त विरुद्ध संघर्ष समितिू नामको अवैधानिक समुहले सुनियोजित तवरले आन्दोलन गरि कार्यक्रममा अवरोध श्रृजना गर्ने, कपोकल्पीत आक्षेप लगाई अनर्गल प्रचार गर्ने, यस क्षेत्रमा काम गर्ने लघुवित्त कर्मीहरुलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोवल कमोजोर गराउने, सोझा साझा सदस्यहरुलाई वित्तीय सेवा उपभोग गर्न बाधा पुयाई लघुवित्त कार्यक्रमलाई नै धरासायी बनाउने कोशिष भईरहेको भनी नेपाल लघुवित्त वैङ्कर्स संघबाट साउन ३० गते माननीय गृह मन्त्रीलाई सम्बोधन गरी लेखिएको पत्र मार्फत जानकारी प्राप्त हुन आएकोले आवश्यक कारवाहीको लागि पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ’ मन्त्रालयले प्रहरीलाई पठाएको पत्रमा भनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको