Like us!
Follow us!
Connect us!
Watch us!

सेयर शिक्षा : कारोबार अस्वीकार गर्न पाइन्छ ? लगानीकर्ताकाे अधिकार के हाे ?

नेप्से

विहीबार, ०९ भदौ २०७९, १४ : ३४ मा प्रकाशित

सेयर शिक्षा : कारोबार अस्वीकार गर्न पाइन्छ ? लगानीकर्ताकाे अधिकार के हाे ?

सम्पन्न भएको कारोबारलाई अस्वीकार गर्न पाइँदैन । पुँजी बजार "मेरो बचन मेरो दायित्व" भन्ने मान्यताबाट सञ्चालित हुन्छ । त्यसैले कोही पनि आफ्नो बचनबाट पछि हट्न पाउँदैन् । धितोपत्र दलालबाट आफ्नो आदेश अनुसार कारोबार भएको जानकारी प्राप्त भएपछि धितोपत्र बिक्रीकर्ताले प्रमाण–पत्र तथा सम्बन्धित कागजात बुझाउनुपर्छ ।

खरिदकर्ताले खरिद मूल्य पनि समयमै दिनुपर्छ । खरिदकर्ता वा बिक्रेता लगानीकर्ताले दिनुपर्ने कागजात वा रकम नदिएबाट लगानीकर्ता वा सम्बन्धित दलाललाई हानी नोक्सानी हुन गएमा सम्बन्धित लगानीकर्ताले त्यस्तो नोक्सानी व्यहोर्नु पर्दछ ।

लगानीकर्ताकाे अधिकार के हाे ?

साधारण सेयरधनीले सम्बन्धित कम्पनीको नाफामा सरिक हुने अधिकार पाउँछन् । आफुले लगानी गरेको अनुपातमा कम्पनीबाट वितरण हुने प्रतिफल (लाभांश) सेयरधनीले प्राप्त गर्दछन् ।

कम्पनीको सर्वोच्च निकाय वार्षिक साधारण सभा हो । यसमा सहभागी हुने, सभाका विषयवस्तुहरुमा मत जाहेर गर्ने, कम्पनी सम्बन्धी सूचना तथा वार्षिक प्रतिवेदन प्राप्त गर्ने अधिकार पनि सेयरधनीहरुको हुन्छ ।

साधारण सेयरधनीहरुको तर्फबाट कम्पनीको सञ्चालकहरु मनोनयनका लागि मतदान गर्ने तथा साधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा उम्मेदवारी दिने अधिकार सेयरधनीले प्राप्त गर्दछन् ।

(श्राेत : नेपाल स्टक एक्सचेञ्ज)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको