Like us!
Follow us!
Connect us!
Watch us!

आज नबिल बैंकको अवैध संरचना भत्काइने

अर्थ संसार

शुक्रबार, १० भदौ २०७९, ०८ : ३९ मा प्रकाशित

आज नबिल बैंकको अवैध संरचना भत्काइने

काठमांडौ महानगरपालिकाले नबिल बैंकको अवैध संरचना आज भत्काउने तयारी गरेको छ । बैंकको न्युरोड शाखा अबैध रुपमा बेसमेन्टमा बनाइएको भन्दै महानगरपालीकाले खालि गर्न निर्देशन दिएको थियो । 

बुधबार न्युरोडमा महानगरका मेयर बालेन्द्र शाहसहितको टोलीले अनधिकृत रुपमा बनाइएको संरचना हटाउने क्रममा नबिल बैंकले पार्किङ गर्नका लागि बनाइएको बेसमेन्टमा शाखा कार्यालय राखेको पाएपछि हटाउनका लागि निर्देशन दिइएको थियो । 

आज महानगरको प्रमुख बालेन्द्र शाह सहितको टोलिले न्यूरोडमा रहेको नबिल बैंकको शाखा खाली नगराइएको पाइएमा उक्त संरचनालाई डोजर लगाएरै भएपनि भत्काइने महानगरले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको