Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा खेल्ने ‘अस्त्र’ बनाईँदै एनटिसी: कसले र किन राख्दैछ लाखौँ कित्ताको ‘बाई अर्डर’ ?

बसन्त पाण्डे

शुक्रबार, १७ भदौ २०७९, ०० : ०० मा प्रकाशित

बजारमा खेल्ने ‘अस्त्र’ बनाईँदै एनटिसी: कसले र किन राख्दैछ लाखौँ कित्ताको ‘बाई अर्डर’ ?

विगत केहि दिनदेखि नेपाल टेलिकमको सेयरमा चलखेल भईरहेको छ। मार्केट डेप्थमा हेर्दा एकछिनमै लाखौँ कित्ता सेयर खरिदमा राखिएको देखिन्छ भने एकछिनपछि हेर्दा ति लाखौँ कित्ता खरिद आदेश गायब भईसक्छन। एक रुपैंयाको फरकमा तलपट्टि लाखौँ कित्ता सेयर खरिदमा राखिएको हुन्छ भने एक रुपैयाँ माथि हजारौं कित्ता सेयर बिक्रीमा राखिएको हुन्छ। एकैछिनमा खरिदतर्फको सबै अर्डर क्यान्सिल हुन्छ र केहि हजार कित्ता सेयर जुन मूल्यमा खरिदमा आउँछ त्यहि मूल्यमा बिक्रि गरिन्छ। फेरी एकछिनपछि लाखौँ कित्ता सेयर खरिदतर्फ राखिएको देखिन्छ। कारोबार बन्द हुने बेलामा एमकेटि गरेर केहि हजार कित्ता सेयर माथिल्लो मूल्यसम्म गएर किनिन्छ र मूल्य अझै बढ्छ भन्ने सेन्टिमेन्ट कायमै राखिन्छ।  

कसले खेल्दैछ एनटिसीमा ?

पछिल्ला केहि दिनको फ्लोर शिट अध्ययन गर्दा एनटिसीको खेल ब्रोकर नम्बर ५८ बाट खेलिएको देखिन्छ। ब्रोकर नम्बर ५८ बाट एनटिसीको सर्वाधिक कारोबार हुने गरेको देखिन्छ। अन्तिममा एमकेटि गरेर पनि ५८ नम्बर ब्रोकर बाटै खरिद गरिएको देखिन्छ। एनटिसीले बोनस घोषणा गर्नु अघि ठूलो परिमाणमा सेयर उठाएको ब्रोकर नम्बर ५८ सँग अहिले पनि एनटिसी ठूलै परिमाणमा छ। अहिले आफूसँग भएको त्यहि सेयर बिक्रि गर्न एनटिसीमा कृतिम माग सिर्जना गरेर बजारमा खेल्न खोजिएको देखिन्छ।  

किन खेलिंदैछ एनटिसीमा ? 

एनटिसीमा खेल्नुका दुई प्रमुख कारणहरु देखिन्छ्न। एक त आफूसँग ठूलो परिमाणमा रहेको सेयर बिक्रि गर्नुछ भने अर्को नेप्से परिसूचकमा एनटिसीको सानो उतार चढावले पनि ठूलै असर पार्ने हुँदा एनटिसी माथिल्लो लेभलमै रहँदा नेप्से परिसूचक पनि माथिल्लो लेभलमै रहने देखिन्छ। बजार एकैपटक ठूलो अङ्कले घट्दा छिट्टै बाउन्स हुने सम्भावना रहन्छ तर बिस्तारै बिस्तारै बजार खस्यो भने सेयरमूल्य बिस्तारै तलतिर जाने र समय लिएर मज्जाले एकुमुलेसन गर्न सकिने हुन्छ। अन्त्यमा आम लगानीकर्ताहरुले जुन बिन्दुबाट बजार फ़र्किएला भन्ने आशा राखेका हुन्छन त्यो बिन्दुभन्दा पनि तलतिर बजार खस्न थालेपछि झन् शार्प सप्लाई आउनसक्ने सम्भावना रहने गर्दछ र त्यस्तो अवस्थामा सेयरमूल्य झन् घट्ने गर्दछ। अलिकति माथिल्लो लेभलदेखि नै एकुमुलेसन गर्ने र बजारमा शार्प फल आईसकेपछि मज्जाले किनेर बजार माथितिर लाने योजना बनाएको हुनसक्ने अनुमान बजार जानकारहरुले गरेका छन्। अहिले  एनटिसिमा खेल्दै बिस्तारै एनटिसीको सेयर बिक्रि गर्दै पनि जाने र बिस्तारै बजार घटाउँदै सस्तोमा सेयर उठाउने दाउ पनि हो कि भन्ने पनि देखिएको छ।  

एनटिसीको केहि दिनदेखिको कारोबार हेर्दा ब्रोकर नम्बर ५८ बाट जति कित्ता सेयर खरिद भएको छ त्यसको तुलनामा बिक्रि नै बढी देखिन्छ। आज बिहिबारको कारोबार हेर्दा पनि ५८ नम्बर ब्रोकरबाट ७८,११५ कित्ता सेयर बिक्रि हुँदा ४२,६२९ कित्ता सेयर खरिद भएको छ। त्यस्तै हिजो बुधबार ५८ बाट १६,४५० कित्ता खरिद हुँदा ५२,५४० कित्ता बिक्रि भएको देखिन्छ। यसरी हेर्दा ५८ बाट एनटिसी खरिद भन्दा पनि बिक्रि बढी भएको देखिन्छ। अर्को महत्वपूर्ण कुरा भनेको एनटिसीको सेयरमूल्य बढेर बजार बढ्दै गर्दा अरु सेक्टरका कम्पनीहरुमा सेलिङ्ग प्रेसर आईरहेको देखिन्छ। एनटिसीको सेयर मूल्य बढ्दा मार्केट नै बढ्न सक्छ भन्ने सेन्टिमेन्ट प्राय: रिटेलर लगानीकर्ताहरुमा रहँदा रहँदै र बजारमा कम भोलुम आउँदै गर्दा पनि बजार घट्दै जानुलाई निकै रहस्यमय रुपमा लिईएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको