Like us!
Follow us!
Connect us!
Watch us!

‘नेपालमा नयाँ स्टक एक्सचेन्ज रहर भन्दा बढी बाध्यता, नेप्सेको पुर्नसंरचना सम्भव नै छैन’

अर्थ संसार

आइतबार, २६ भदौ २०७९, १० : ३५ मा प्रकाशित

‘नेपालमा नयाँ स्टक एक्सचेन्ज रहर भन्दा बढी बाध्यता, नेप्सेको पुर्नसंरचना सम्भव नै छैन’

नेपाल स्टक एक्सचेन्ज(नेप्से) का निवर्तमान प्रमुख कार्यकारी अधिकृत(सिईओ) चन्द्रसिह साँउदले नेपालमा नयाँ स्टक एक्सचेन्ज भन्दा नेप्सेकै पुर्नसंरचनाको बिकल्प उत्तम भएपनि त्यो संभव नरहेको बताएका छन् । 

अर्थसंसारसंगको कुराकानीमा साँउदले भने ‘वास्तवमा भन्ने हो भने नेपालमा अहिले नयाँ स्टक एक्सचेन्ज खोल्नु भन्दा पनि नेप्सेकै पुर्नसंरचना उत्तम बिकल्प थियो तर यो संभव देखिदैन, नेप्सेको पुर्नसरचनाको निर्णय क्याबिनेटले मात्र गरेर हुँदैन त्यो प्रस्ताव त संसदबाट नै पारित हुनुपर्छ नेप्सेको पुर्नसंरचनाको बिषय अहिले होईन बिगत १०-१५ बर्षदेखि नै उठ्दै आएका हो ।’

विगतमा आँफु नेप्सेको सिईओ हुँदा समेत २ पटक नेप्सेको पुर्नसंरचनाको प्रस्ताव लग्दा समेत सफल नभएको उनको तर्क छ । कतिपय अवस्थामा नेप्से पुर्नसंरचनाको चाँहाना हुँदा हुँदै पनि राजनितीक सहमतिको अभावमा त्यो प्रस्ताव सफल हुन नसकेको बताउछन् उनि । 

‘यदि निजीस्तरबाट नयाँ स्टक एक्सचेन्ज आएर बजारमा प्रतिष्प्रधाको अवस्था बन्यो भने बरु बाध्यताले नेप्सेको पुर्नसंरचना वा निजिकरण हुने अवस्था आउला तर अहिले नै नेप्सेलाई पुर्नसंरचना गर्ने काम त्यति सजिलै होला जस्तो मलाई लाग्दैन’ उनले भने ‘अहिले चाहेरे पनि नेप्सेले धेरै काम गर्न सक्ने अवस्था छैन यदि पूँजी बजारलाई राम्रो गर्ने हो र लगानीकर्तालाई इक्विटी बाहेक नयाँ किसिमका प्रोडक्ट दिने हो भने अर्को स्टक एक्सचेन्ज आवश्यक छ, यो रहर भन्दा पनि बाध्यता हो ।’  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको