Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको ब्याजदर सार्वजनिक, कर्जाको ब्याज १७ प्रतिशतसम्म

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, ०९ : ०३ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको ब्याजदर सार्वजनिक, कर्जाको ब्याज १७ प्रतिशतसम्म

मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असोज १ गते, शनिबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । 

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ११ प्रतिशत देखि अधिकतम १३ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स बचत खातामा ९ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १४ प्रतिशत ब्याज दिने छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ११.३९ प्रतिशत रहेको छ भने कर्जामा अधिकतम १७ प्रतिशत ब्याज लिने जनाएको छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर यस प्रकारको छः
 

6323eb3ec377f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको