Like us!
Follow us!
Connect us!
Watch us!

प्रभुको '१५.१३%' स्किममाथि अध्ययन भैरहेको छ, निर्देशिका विपरित भए कारबाही हुन्छ : राष्ट्र बैंक

बसन्त पाण्डे

शुक्रबार, ३१ भदौ २०७९, १६ : ३१ मा प्रकाशित

प्रभुको '१५.१३%' स्किममाथि अध्ययन भैरहेको छ, निर्देशिका विपरित भए कारबाही हुन्छ : राष्ट्र बैंक

प्रभु बैंकले प्रभु उन्नती मुद्दती भनेर ३ महिना माथिको डिपोजिटमा १५.१३% ब्याजदर दिने स्किम सार्वजनिक गरेपछि बजार तातेको छ। राष्ट्र बैंकले बैंक / वित्तिय संस्थाहरुले निक्षेपमा हरेक महिना बढाउन पाउने ब्याजदरको सिमाभन्दा बढी ब्याजदर दिने स्किम सार्वजनिक गरेको र राष्ट्र बैंकले प्रभु माथि डण्डा चलाउनुपर्ने धारणा जानकारहरुले राखिरहेका छन।  

प्रभु बैंकका अधिकारीहरुले भने रेमिट्यान्स अन्तर्गतको डिपोजिटमा मात्रै १५.१३% ब्याज दिने स्किम ल्याएको बताएका छन्। राष्ट्र बैंकले तोकेको सिमा भित्रै बसेर रेमिट्यान्स प्रबर्धन गरी विदेशी मुद्रा भित्र्याउने उद्धेश्यले 'प्रभु उन्नती मुद्दती' को घोषणा गरिएको बैंकको दावी छ। राष्ट्र बैंकले अन्य प्रोडक्टहरुमा स्पष्ट रुपमा अघिल्लो महिनाको 'इण्डस्ट्री एभरेज रेट' को १०% भन्दा धेरैले घटबढ गर्न नपाईने निर्देशिका जारी गरे तापनि रेमिट डिपोजिटमा भने व्यतिगत मुद्दतीमा दिईने ब्याजदर भन्दा कम्तिमा १% ले बढी ब्याज दिनुपर्ने निर्देशन दिएको र बढीमा यति प्रतिशतले मात्रै बढाउनु पर्ने भन्ने भन्ने कुरा उल्लेख नभएकाले राष्ट्र बैंकको सोहि निर्देशिकामा टेकेर आफूहरुले रेमिट्यान्स अन्तर्गतको मुद्दतीमा आकर्षक ब्याजदर दिएको बैंकका अधिकारीहरु बताउँछन्।

प्रभु बैंकले नियम विपरित ब्याजदर बढायो, मुद्दती निक्षेपमा १५.१३ प्रतिशत ब्याज ! 

राष्ट्र बैंकको निर्देशन विपरित प्रभुले ब्याजदर घोषणा गर्यो, प्रभुलाई कुनै कारबाही हुन्छ कि हुँदैन भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै राष्ट्र बैंकका सह -प्रवक्ता नारायण पोखरेलले यो विषयमा राष्ट्र बैंकले अध्ययन गरिरहेको र यदि प्रभुले राष्ट्र बैंकको निर्देशिका विपरितको कार्य गरेको रहेछ भने राष्ट्र बैंकले कारबाही गर्ने बताएका छन्। 'राष्ट्र बैंकको निर्देशिका विपरित कार्य गर्ने छुट कसैलाई पनि छैन। अध्ययन भैरेहको छ। गलत भएको रहेछ भने कारबाही हुन्छ।' उनले स्पष्ट पारेका छन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको