आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरिएको छ ।
उम्मेदवारले गर्ने खर्च वज्ञानिक बनाउन निर्वाचन आयोगले आवश्यक सूत्र तयार गरी खर्च सीमा तय गर्न लागेको हो । राजनीतिक दलसँगको छलफल तथा सुझावका आधारमा खर्च सीमा पुनरवलाकन गर्ने आयागले बताएको छ ।
आयोगले तयार गरेको सूत्रबमाजिम प्रतिनिधि सभाअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको न्यूनतम २४ लाख तथा अधिकतम ४१ लाख खर्च कायम हुने छ । सूत्रबमोजिम ४१ लाख हुन आए पनि अधिकतम खर्च ३३ लाख कायम गर्ने गरी सीमा तय गर्ने तयारी गरिएको छ । तर आयोगले साबिकमा रहेको खर्चलाई न्यूनतम सीमा राख्ने गरी खर्च निर्धारण गर्ने तयारी गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस