Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचनका दिन सवारीसाधन चलाउन पाइने

अर्थ संसार

शनिबार, २२ असोज २०७९, १७ : ५१ मा प्रकाशित

निर्वाचनका दिन सवारीसाधन चलाउन पाइने

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् ।

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका सवारीसाधन मात्रै सञ्चानल गर्ने व्यवस्था यसपटक नरहेको जानकारी दिएको हो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सामान्य दिनमा जस्तैगरी सावारी सधान सञ्चानल नभए पनि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी महासंघ, गृह मन्त्रालयसँगको समन्वयमा यातायातका साधानलाई सञ्चालन अनुमति दिइनेछ । अघिल्ला निर्वाचनमा सवारीसाधन सञ्चालनमा बन्देज हुँदा विभिन्न समास्या आएकाले आयोगले यस्तो निर्णय गरेको हो ।

सवारीसाधन सञ्चालन अनुमति पत्र लिनल भीड लाग्ने र विभिन्न दलहरूले वृद्धवृद्धालाई मतदानस्थलसम्म ल्याउन अप्ठयाराे भयाे भन्ने गुनासाे आएपछि नियन्त्रित रुपमा सवारीसाधान खुला गरिएकाे हाे 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको