Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन ३१ अर्बले घट्यो वाणिज्य बैंककाे निक्षेप, सिडी रेसियो कति छ ?

अर्थ संसार

विहीबार, २७ असोज २०७९, १० : ३९ मा प्रकाशित

एकैदिन ३१ अर्बले घट्यो वाणिज्य बैंककाे निक्षेप, सिडी रेसियो कति छ ?

बैंकहरूकाे निक्षेप संकलन सँगै कर्जा प्रवाह पनि घटेकाे छ । बैंकहरूकाे निक्षेप संकलन घटेपछि त्यसकाे प्रभाव सिडी रेसियाे बढेकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार असाेज २५ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । असाेज २२ गते, साेमबारसम्म बैंकहरूकाे निक्षेप ५१ खर्ब १७ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूकाे कुल निक्षेप ३० अर्बले घटेकाे हाे । यस अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ३१ अर्बले घटेर ४४ खर्ब ८१ अर्बमा झरेकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि २ अर्बले घटेर ४७ खर्ब २३ अर्ब रूपैयाँ पुगेकाे छ । यसै अवधिमा वाणिज्य बैंकहरूकाे कर्जा प्रवाह पनि २ अर्बले नै घटेर ४१ खर्ब ८३ अर्ब छ ।  

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८७.२० प्रतिशतबाट बढेर ८७.८१ प्रतिशत पुगेकाे राष्ट्र बैंकले जनाएको छ । 

63479a6f882b8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको