Like us!
Follow us!
Connect us!
Watch us!

दाेश्राे बजारमा पिपुल्स पावरकाे काराेबार सुरू, कतिमा भयो पहिलो कारोबार ?

अर्थ संसार

आइतबार, ३० असोज २०७९, ११ : १२ मा प्रकाशित

दाेश्राे बजारमा पिपुल्स पावरकाे काराेबार सुरू, कतिमा भयो पहिलो कारोबार ?

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (असाेज ३० गते, आइतबार) पिपुल्स पावर कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा पिपुल्स पावरकाे पहिलाे काराेबार प्रतिकित्ता २८४ रुपैयाँ १० पैसामा भएकाे छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ ९६ पैसादेखि अधिकतम २ सय ८४ रूपैयाँ ८८ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे  थियाे । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि PPL  सिम्बाेल प्राप्त गरेकाे छ ।

बिहीबार कम्पनीकाे ६३ लाख २६ हजार कित्ता साधारण सेयर (आईपीओ)  धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको