नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ओलीलाई रुघाखोकी र ज्वरो आएको बताइएको छ ।
मंगलबार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओलीलाई रुघाखोकीको ज्वरो आएको एमाले झापा ५ (क) का उम्मेदवार समेत रहेका हिक्मत कार्कीले बताए ।
रुघाखोकीको ज्वरो आएर ओली मंगलबार भेटघाट तथा अन्य कार्यक्रममा जान नसकेको उनले बताए । मंगलबार ओलीले दमकस्थित निवासमै आराम गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस