Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो लाभांस, बोनस भन्दा नगद बढी

अर्थ संसार

आइतबार, ०६ कार्तिक २०७९, १९ : ५४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले  घोषणा गर्यो लाभांस, बोनस भन्दा नगद बढी

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ को लाभांस घोषणा गरेको छ।  बैंकले आफ्ना सेयर होल्डरलाई  १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । आइतबार बसेको बैंक संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांस जसमा बोनस सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत गरि नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैँयाको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनस सेयर  र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभांस सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ३ प्रतिशत बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको