Like us!
Follow us!
Connect us!
Watch us!
स्वच्छ ऊर्जा उत्पादन : दिगो विकासको आधार

नेपाली कांग्रेसको संकल्प :५ वर्षभित्र १० हजार मेगावाट बिजुली उत्पादन, ४०० के.भी. को पूर्व–पश्चिम प्रसारण लाइन सम्पन्न गरिने

अर्थ संसार

आइतबार, १३ कार्तिक २०७९, ०८ : ४६ मा प्रकाशित

नेपाली कांग्रेसको संकल्प :५ वर्षभित्र १० हजार मेगावाट बिजुली उत्पादन,  ४०० के.भी. को पूर्व–पश्चिम प्रसारण लाइन सम्पन्न गरिने

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर शनिबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। घोषणा पत्रमा नेपाली कांग्रेसका अनुसार नेपालको ऊर्जा उत्पादनमा पूर्वाधार र प्रसारण लाइन निर्माणमा सुस्तता रहेकोले उपलब्ध जलस्रोतको अधिकतम सदुपयोग गर्न सकिएको छैन । हिउँदमा अझै विद्युत र ठूलो रकममा खनिज तेलको आयात गर्नु परेको छ । आन्तरिक ऊर्जा प्रणाली भरपर्दो नहुनाले विद्युतीय ऊर्जाको बहु प्रयोग बढाउन सकिएको छैन । विद्युत पहुँचको लागि वितरण प्रणालीको उपलब्धता र विद्युत आपूर्तिको विश्वसनीयता बढाउँदै ऊर्जा निर्यातको दीर्घकालीन सुनिश्चितता खोज्न आवश्यक पूर्वाधार र कूटनीति बलियो बनाइने छ ।
 

नेपाली कांग्रेसले स्वच्छ ऊर्जा उत्पादन : दिगो विकासको आधार भन्ने अवधारणा आफ्नो घोषणा पत्र मार्फत अगाडी सारेको छ। अबको चुनावमा कांग्रेसको सरकार आए अबको आगामी पाँच वर्षमा विद्युतीय ऊर्जाको उत्पादन १०००० मे.वा. पुर्याउने ,प्रति व्यक्ति उर्जा खपट १२०० युनिट पुर्याउने जस्ता नीतिहरु अगाडी सारेको छ।  यस्तो छ उर्जामा कांग्रेसको ५ वर्षीय लक्ष्य :

  • आगामी पाँच वर्षमा विद्युतीय ऊर्जाको उत्पादन १०००० मे.वा. बनाई विद्युतीय ऊर्जामा शतप्रतिशत नेपालीको घरायसी, कृषि र उद्योग व्यापारको आवश्यकता परिपूर्ति गरी प्रतिव्यक्ति विद्युतीय ऊर्जा खपत १२०० युनिट पु¥याइने छ ।
  • जलस्रोतको बहुआयामिक उपयोग गर्दै ग्रीन हाइड्रोजन तथा ग्रीन अमोनियाको उत्पादन तथा बिक्री गरीआर्थिक उपार्जन गरिने छ ।
  • ऊर्जा सुरक्षाको लागि सन्तुलित ऊर्जा सम्मिश्रण (रन अफ रिभर र जलाशययुक्त) आयोजना निर्माणगर्न विशेष प्राथमिकता दिइने छ । नेपालको कूल ऊर्जाको १० प्रतिशत भन्दा बढी बैकल्पिक ऊर्जा स्रोतबाट प्राप्त गर्न ग्रीड जडित सौर्य ऊर्जा, सौर्य फार्म, जैविक तथा वायु ऊर्जा जस्ता प्रविधि परिचालन गरिने छ ।
  • आगामी ५ बर्षमा ४०० के.भी. को पूर्व–पश्चिम प्रसारण लाइन सम्पन्न गरिने छ ।
  • आगामी ५ बर्षमा बुटवल–गोरखपुर अन्तर्राष्ट्रिय विद्युतीय प्रसारण लाइन निर्माण सम्पन्न गरी लम्की–बरेली लगायत भारतसँग थप तीनवटा र चीनसँग एउटा अन्तर्राष्ट्रिय प्रसारण लाइनको अध्ययन पश्चात लाभदायक देखिएमा पीपीपी मोडलमा आन्तरिक तथा बाह्य स्रोत परिचालन गरी निर्माण कार्य शुरू गरिने छ ।
  • राष्ट्रिय विद्युत प्रसारण प्रणाली विकास योजना अन्तर्गत रहेका नदी बेसिन लगायत अन्य प्रसारण लाइनहरूको निर्माण कार्यमा देखिएका मुख्य अवरोधहरूको सम्बोधन गरिने छ ।
  • विधुत प्रसारण लाइन निर्माण  तथा संचालन  निजी क्षेत्रलाई प्रोत्साहन गर्न विद्युत उत्पादन क्षेत्रमा पहुँचमार्ग, प्रसारण लाइन लगायतका पूर्वाधारमा निजी क्षेत्रलाई आंशिक रकम शोधभर्नाको नीति ल्याइने छ ।
  • निजी विद्युत उत्पादन कर्ताले ह्विलिङ्ग चार्जतिरी उद्योगलाई बिक्री गर्न दिने कार्यविधि तर्जुमा गरिने छ ।
  • सन् २०१७ मा नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारले ल्याएका स्थानीय सरकारको सहभागितामा वितरण प्रणाली मैप्रत्यक्ष उत्पादन जोड्दै ग्राहकलाई नजिकबाट सेवा दिने योजना कार्यान्वयन गरिने छ ।
  • कृषि उत्पादन बढाउनका लागि पहाडका टार र तराई–मधेशमा विद्युतीय लिफ्ट सिँचाई परियोजनाहरूलाई सहुलियत दिइने छ ।
  • आयातित ग्यास र अन्य परम्परागत इन्धनलाई विस्थापन गर्न विद्युतीय चुलोको वितरण र प्रयोगलाई व्यापक वित्तीय प्रोत्साहन दिइने छ ।
  • राष्ट्रिय ऊर्जा सुरक्षा नीति तर्जुमा गरी स्थानीय तथा प्रादेशिक सरकार मार्फत् कार्यान्वयन गरिने छ ।संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी करिव ५० प्रतिशत खेती योग्य जमिनमा बाह्रै महिना सिँचाई सुबिधा पु-याइने छ ।
  • भूमिगत सिँचाई, विद्युतीय तथा सौर्य लिफ्ट सिँचाई, साना सिँचाई, स्थानीय प्रविधि, थोपा सिँचाई प्रविधि एवं आकाशे पानी संकलनद्धारा सिँचाई प्रणाली बिस्तार गरिने छ ।
  • सुनकोसी–कमला तथा भेरी–बबई डाइभर्सन लगायत अन्य वहुउद्देस्यीय आयोजना सम्पन्न गरिने छ ।रानी–जमरा–कुलेरिया तथा महाकाली सिँचाई आयोजना लगायतका निर्माणाधीन सिँचाई आयोजनालाई सम्पन्न गरिने छ ।
  • खानेपानीका मुहानहरु सुक्दै गइरहेका कारण पिउने पानीको अभाव भएकाले आकाशेपानी संब्कलन लगायत विभिन्न वैकल्पिक उपायहरू अपनाइने छ ।
  • सबै घरधुरीमा स्वच्छ खानेपानी पु¥याउन नसकिएको अवस्थालाई सुधार गर्दे पाइपमा पानी पुगेको घरधुरी ७५ प्रतिशत पु¥याइने छ ।
  • आगामी ५ वर्षमा ९५ प्रतिशत भन्दा बढी जनसंख्यालाई आधुनिक सरसफाई प्रणालीमा आवद्ध गरिनुका साथै सबै शहरहरुमा फोहोर पानी ट्रिटमेन्ट परियोजना सहित दिगो ढल प्रणालीहरू बनाइने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको