Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा चलखेल गर्न स्ट्याण्डर्ड चार्टर्डले गर्यो कारोबार समयमै लाभांश घोषणा

अर्थ संसार

सोमबार, १४ कार्तिक २०७९, १५ : ५३ मा प्रकाशित

बजारमा चलखेल गर्न स्ट्याण्डर्ड चार्टर्डले गर्यो कारोबार समयमै लाभांश घोषणा

स्ट्याण्डर्ड चार्टर्ड बैंकले नेप्सेको कारोबार समयमा लाभांशको सूचना सार्वजनिक गरेको छ। बैंकले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट लगानीकर्ताहरुलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

बैंकले नेपाल स्टक एक्सचेन्जलाई लेखेको पत्रमा कात्तिक १४ गते १० बजेको समयमा संचालक समितिको बैठक बसी लाभांश सम्बन्धी निर्णय गरिएको उल्लेख गरिएको छ। नेप्सेको वेब साईटमा भने उक्त सूचना सोमबार दिउँसो १:१५ मा प्रकाशित भएको थियो। 

धितोपत्र सूचीकरण विनियमावली २०७५ को धितोपत्र सूचीकरण सम्बन्धी सम्झौताको बुँदा नम्बर ५ मा भएको व्यवस्था अनुसार लाभांश सम्बन्धी सूचना कारोबार समयभित्र प्रकाशित गर्न मिल्दैन। यदि ११ बजेदेखि ३ बजेको समयमा (कारोबार समयभित्र) संचालक समितिले निर्णय गरेको भए कारोबार समय पश्चात वा भोलिपल्ट कारोबार सुरु हुनु अगावै नेप्सेको वेबसाइटमा अपलोड गर्नुपर्ने व्यवस्था छ। तर सो व्यवस्था विपरित स्ट्याण्डर्ड चार्टर्डले सोमबार बिहान १० बजे गरेको निर्णय ११ बजे अगाडी नै प्रकाशित गर्नुपर्नेमा बजारमा कारोबार चलिरहेको समयमा नेप्सेको वेबसाइटमा अपलोड गरेको हो।  

सो सूचना प्रकाशित हुनुअघिसम्म चार्टर्डको सेयर प्रतिकित्ता ४२७ रुपैयाँसम्ममा कारोबार भएको थियो। नगद लाभांशको समाचार आउनासाथ मूल्य घट्न थाल्यो र अन्त्यमा ४१८ रुपैयाँमा क्लोज भएको छ। 

यसअघि कारोबार समयमा मूल्यमा प्रभाव पार्ने किसिमका सूचना प्रकाशित गरेको भन्दै नेप्सेले थुप्रै कम्पनीहरुको कारोबार रोक्का गरि स्पष्टिकरण सोधिसकेको छ। नियामकहरुलाई खासै नगन्ने र विदेशी बैंक भएको धक्कु देखाउने चार्टर्डलाई चाहिँ नेप्सेले कारबाही गर्ला कि नगर्ला भन्ने कुरालाई सरोकारवालाहरुले चासोका साथ हेरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको