Like us!
Follow us!
Connect us!
Watch us!

आगामी निर्वाचनमा एमालेले सानदार एकल बहुमत ल्याउने ओलीको दावी

अर्थ संसार

बुधबार, १६ कार्तिक २०७९, ०७ : ४१ मा प्रकाशित

आगामी निर्वाचनमा एमालेले सानदार एकल बहुमत ल्याउने ओलीको दावी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले सानदार एकल बहुत ल्याउने दावी गरेका छन्। मंगलबार चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेको गन्तव्य १५० सिट जित्ने रहेको समेत बताए ।

  'एमालेको लक्ष्य १५० सिट ल्याउने छ, १३८ सिट ल्याए बहुमत आउँछ। स्थिरता र स्थायित्वको मिसन पूरा गर्न एमालेले बहुमत ल्याउँछ नै।' ओलीले भने ।

कांग्रेस र माओवादी केन्द्रले एकल रूपमा बहुमत ल्याउन नसक्ने समेत उनकाे दावी छ । ओलीले भने, 'कांग्रेस र माओवादी केन्द्रले एकल बहुमत ल्याउनै सक्दैनन्, एमालेले मात्रै ल्याउन सक्छ ल्यायो भने बहुमत। यो पटक जनता ओइरिएका छन्।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको