सेयर लगानीकर्ता एवमं फरक क्षमता भएका मुकुन्द चालिसेले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले रूपन्देही क्षेत्र नम्बर १ प्रदेश सभा (ख) बाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी हाम्राे नेपाली पार्टीकाे तर्फबाट चुनाव लड्न लागेका हुन् । उनकाे चुनाव चिन्ह लाैराे रहेकाे छ ।
दृष्टिबिहिन चालिसेले लामो समयदेखि नेपालको पूँजी बजारमा सक्रिय लगानी गर्दै आईरहेका छन् । लगानीकर्ताहरुको संगठन नेपाल पूँजीबजार लगानीकर्ता संघका रुपेन्देही जिल्ला संयोजक समेत हुन् ।
हालैमात्र उनले आफ्नाे प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । उनकाे प्रतिवद्धता यस प्रकारका छन् :
१. प्रदेशको समृद्धि दिगो विकास र शान्ति मूल लक्ष्य रहनेछ ।
२. सेवा प्रवाह : फेरिय कानून, फेरिय शासन तर फेरिएन प्रवृति तसर्थ निष्ठा र सदाचारितायुक्त जनमैत्री प्रवृति र प्रभावकारी सेवा प्रवाहमा जोड दिइनेछ ।
३. विकास क्षेत्रमा विकासमुलक योजना बजेट, कार्यक्रमको प्रक्षेपण, वर्गिकरण, प्राथमिकिकरण गर्दा आवश्यकता, औचित्यतता र जनसहभागिता मुलक पद्धतिको प्रयोगमा जोड दिइनेछ ।
४. स्थानीय पूर्वाधार स्थानीय बजार, उत्पादन, कलाकारीता, ज्ञानशिप, पर्यटन, खेलकुद, कृषि, पशुपालन लगायतका उद्यमशीलतालाई प्राथमिकता दिँदै सो क्षेत्रमा लाग्नेहरुलाई उत्साहमुलक र उत्प्रेरित हुने अवसरहरुको सृजना गरिनेछ ।
५. बजारीकरण : बजारीकरणमा देखिने अस्वस्थ्य, प्रतिष्पर्धा मूल्यमा हुने अस्वभाविक बढोत्तरीको सुक्ष्म निगरानी राखी बजार व्यवस्थापनलाई थप व्यवस्थित र उत्प्रेरित गरिनेछ ।
६. सामाजिक र साँस्कृतिक एकता, भातृत्वमा जोड दिइनेछ ।
७. सबैको अर्थपूर्ण जीवन र जिविकाको सम्मान गर्दै न्यायपूर्ण समाज निर्माणमा जोड दिइनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस