Like us!
Follow us!
Connect us!
Watch us!

तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च पुग्यो निर्वाचन आयोग

अर्थ संसार

शुक्रबार, १८ कार्तिक २०७९, १७ : ०५ मा प्रकाशित

तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च पुग्यो निर्वाचन आयोग

डा. तोसिमा कार्कीकाे उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्चमा पुगेकाे छ । आयोगले लाभको पदका सन्दर्भमा सर्वोच्च अदालतको एकल इजलासबाट गरिएको प्रारम्भिक व्याख्यामा असहमति जनउँदै त्यसको खारेजीको माग राखी निवेदन दिएको हाे । 

यसअघि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि डा. तोसिमा कार्कीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उनी आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार थिइन् । तर निर्वाचन आयोगले अयोग्य कायम गर्ने निर्णय गरेको थियाे ।

कार्कीको मनोनयन कायम राख्ने सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल इजलासको अन्तरिम आदेशमा आयोगले असहमति प्रकट जनाउँदै सर्वाेच्चमा निवेदन दिएकाे हाे ।  आयोगले विभिन्न आधार दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीको ललितपुर–३ की उम्मेदवार कार्की लाभको पदमा नै रहेको जिकिर गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको