Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता संगठनहरुको माग सम्बाेधन कसले गर्ने, सरकार की अदालत ?

अर्थ संसार

मंगलबार, २२ कार्तिक २०७९, ११ : ४४ मा प्रकाशित

लगानीकर्ता संगठनहरुको माग सम्बाेधन कसले गर्ने, सरकार की अदालत ?

अहिले देश पूर्ण रुपमा चुनावी माहोलमा छ, यो समयमा अधिकांश नेता कार्यकर्ताहरु आ आफ्ना प्रतिनिधिहरुलाई बिजयी गराउन चुनावी प्रचार प्रसारमा व्यवस्त छन तर यता नेपाली पुंजीबजारमा भने हिजो कार्तिक २१ गते सोमबार नेपाली पुंजी बजारले आफ्नो लय समाती दोहोरो अंकको बढीरहेको अवस्थामा एक्कासी लगानीकर्ता संघहरुको तर्फवाट संयुक्त बिज्ञप्ती जारी भयो । 

बिज्ञप्ती जारी गर्ने नेपाल ईन्भेष्टर्स फोरम,नेपाल पूँजी बजार लगानीकर्ता संघ,सेयर लगानीकर्ता संघ नेपाल,नेपाल सेयरधनी संघ,नेपाल धितोपत्र लगानीकर्ता संघ,स्वतन्त्र पूँजीबजार संघ,स्वतन्त्र पूँजी बजार सुधार संघ,सेयर लगानीकर्ता दबाब समूह र लगानीकता हित संरक्षण मन्च थिए  तर बिज्ञप्तीले भने आम लागनीकर्ता सहित सम्पूर्णमा संसय उत्पन्न गराएको छ कतिपय लगानीकर्ताहरुको तर्क छ ।

बजार बढीरहेको, देश चुनावी तयारीमा रहेको, छिट्टैनै नयाँ सरकार बन्ने, सम्भवत बजारको बाधकको रुपमा बर्तमान अर्थमन्त्रीलाई लिदै आइरहेका लगानीकर्ता संघका पधाधिकारीहरु नयाँ सरकार पश्चात अर्थमन्त्री समेत परिवर्तन हुने करिब करिब पक्का देखिन्छ, । यस्तो अवस्थामा अहिले सर्वोच्व अदालतको आदेशका कारण ब्रोकर र नयाँ स्टक एक्सचेन्जलाई लाईसेन्स दिने काम रोकिएको छ । 

अदालतले अन्तरकालिन आदेश दिँदै लाईसेन्स वितरणको कार्य रोक्न भनेको थियो । अदालतले आज कार्तिक २२ गते दुबै पक्षहरुलाई छलफलका लागि समेत बोलाएको छ यस्तो अवस्थामा यसरी आन्दोलन नै गर्छौ भनेर विज्ञप्ती निकाल्दा लगानीकर्ता संगठनहरुको भूमिका पनि केहि संकास्पद देखिएको एक लगानीकर्ताले भने संगठनहरुले कसका बिरुद्धमा आन्दोलन घोषणा गरेका हुन् माग कसलाई राखेका हुन् बुझिएन सरकारले त सबै बाटो खोलिदिएकै थियो कुरा अड्किएको अदालतमा हो, अदालतबाट पनि प्रक्रिया पुरा भएर काम अगाडी बढ्ला तर अहिले नै किन आन्दोल गर्ने घुर्कि ?

उनले ति लगानीकर्ता संगठनहरुले जारी गरेको विज्ञप्तीमा समेत आशंका व्यक्त गरे । ९ वटा संगठनहरुको विज्ञप्ती आएको छ कतिपय संगठनका नाम त हिजै विज्ञप्ती आएपछि मात्र थाहा पाइयो, हस्ताक्षरकर्ताको नाम छैन संगठनको छाप छैन त्यस्ता विज्ञप्तीको विश्वसनीयता हुन्छ र ? उनले प्रश्न गरे ।

केहि समय अगाडी २२०० रहेको नेप्से इन्डेक्स आन्दोलनको कारण १८०० मा झरेको थियो त्यस पश्चात बजारले आफ्नो पकड कायम गर्ननै सकेन, विभिन्न आन्दोलन लगायतका नामले साना लगानीकर्ताहरुमा मानसिक तनाव सृजना गर्न बाध्य पारी  सस्तोमा शेयर किन्ने र बजार बढेको समयमा बेच्ने स्वार्थ पछिल्लो समय अत्याधिक बढेको एक पुराना लगानीकर्ताले बताए । 

अहिलेसम्म लगानीकर्ता संगनका नाममा विभिन्न आन्दोलनहरु भएका छन् यसबाट अहिले सम्म के के उपलब्धि भयो कोहि आन्दोलनकर्ताले त्यसको जबाफ दिन सक्छ उनले प्रश्न गरे बरु त्यहि आन्दोलनका नाममा हरेक पटक इन्डेक्स २-४ सय अंकले घटेको छ । अहिले त बजारमा कतिपय संगठनहरु त भित्रि सूचना पाउने आशाले पनि स्थापना भएको उनको दावी छ । 

संघ संगठनको ठेगाना तथा कार्यालय समेत नभएका सम्बन्धित निकायमा दर्ता नभएका लगायतका आरोप समेत लगानीकर्ता संघहरुलाई लाग्दै आइरहेको छ, कार्यसमितीमा राख्ने ११ जना लगानीकर्ताहरु समेत नपाउने मानिस अहिले लगानीकर्ता संगठनका नाममा नेता बन्दै हिँडेका छन् यस्तोमा ति संघ संगठनहरुले प्रकाशन गरेको बिज्ञप्तीलाई आम लगानीकर्ताहरुले पत्याईहाल्ने संघहरुको पछि लाग्ने भने देखिदैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको