Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको ‘भिसा रेमिटेन्स’ सेवा सुरुवात

अर्थ संसार

मंगलबार, २२ कार्तिक २०७९, १७ : ०८ मा प्रकाशित

सिद्धार्थ बैंकको ‘भिसा रेमिटेन्स’ सेवा सुरुवात

सिद्धार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा ‘भिसा रेमिटेन्स’ सेवाको सुरुवात गरेको छ।

उक्त नविन सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले आफ्ना परिवार, आफन्त तथा साथीहरुलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्नेछन् । स्वदेशी तथा विदेशी ग्राहकहरुले भिसा रेमिटेन्स सेवामा आबद्ध भएका बैंकहरुको मोबाइल/इन्टरनेट बैंकिङ्ग तथा रेमिट्यान्स कम्पनीहरू मार्फत भिसा कार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सक्नेछन्।

यो सेवा मार्फत पठाइएको रकम बैंकले जारी गरेको भिसा डेबिट (लिंक गरिएको बैंक खातामा) तथा क्रेडिट कार्डमा सोझै प्राप्त गर्न सकिनेछ ।

यस सेवाले गर्दा ग्राहकवर्गहरुको रेमिट्यान्स सेवा अझ छिटो, सुरक्षित र सुविधाजनक रहने विश्वास बैंकले लिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको