Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक मन्दीको त्रासमा फेसबूक : हटायो ११ हजार कर्मचारी

अर्थ संसार

विहीबार, २४ कार्तिक २०७९, १४ : ४८ मा प्रकाशित

आर्थिक मन्दीको त्रासमा फेसबूक : हटायो ११ हजार कर्मचारी

सामाजिक सञ्जाल फेसबूकले एकैचाेटी ११ हजार कर्मचारी हटाएकाे छ । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको प्यारेन्ट कम्पनीका रूपमा रहेको मेटाले एकैचाेटी १३ प्रतिशत कर्मचारी निकालेको छ ।

यतिबेला मेटाको खराब समय चलिरहेको र कम्पनीकाे आर्थिक वर्षको तेस्रो त्रैमासकाे आम्दानी घटेपछि कर्मचारी निकालिएकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले बताएका छन् । जुकरबर्गले कम्पनीबाट निकालिएका सबै कर्मचारीसँग माफीसमेत मागेका छन् ।

यसअघि, विश्वभर मेटाका ८७ हजार कर्मचारी रहेका थिए । जसमध्येबाट एकैपटक ११ हजार जनाले जागिर गुमाएका बीबीसीले उल्लेख गरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको