Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न ग्लोबल आईएमई बैंकले डाक्यो साधारणसभा, अधिकृत पूंजी ५० अर्ब कायम गर्ने

अर्थ संसार

मंगलबार, २९ कार्तिक २०७९, १० : १७ मा प्रकाशित

लाभांश पारित गर्न ग्लोबल आईएमई बैंकले डाक्यो साधारणसभा, अधिकृत पूंजी ५० अर्ब कायम गर्ने

ग्लोबल आईएमई बैंक लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । ग्लोबल आईएमई बैंक, बैंक अफ काडमाण्डौसँगै मर्जर प्रक्रियामा रहेको छ । 

बैंकको संचालक समितिको बैठकले बैंकको १६ औँ वार्षिक साधारणसभा मङ्सिर २३ गते शुक्रबार बिहान १० बजेदेखि गैरीधारा स्थित सिल्भर ओक ब्यांक्वेटमा संचालन गर्ने निर्णय गरेको हो ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । साथै मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सोले गरेको कार्य अनुमोदन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि अन्य कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ । अधिकृत पूंजी २५ अर्बलाई बृद्धि गरी ५० अर्ब कायम गर्ने प्रस्ताव पारित गरिने छ । 

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही मङ्सिर ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। मर्जर प्रक्रियामा रहेका कारण बैंकको सेयर कारोबार भने दोस्रो बजारमा बन्द रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको