Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सीको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, ०७ : २० मा प्रकाशित

तारागाउँ रिजेन्सीको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ?

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा होटलले २ करोड ४६ लाख ७१ हजार रुपैयाँ नाफा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा होटल ४ करोड ५५ लाख ४१ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण घट्दै गएको र पर्यटकको आगमनमा बढेको हुनाले कम्पनी नाफामा बृद्धि भएको हो ।

त्यस्तै होटलको सञ्चालन आम्दानी २३९ प्रतिशतले बढेर १८ करोड १५ लाख ५१ हजार रुपैयाँ पुगेको छ जुन गत आर्थिक बर्षको यसै अवधिमा ५ करोड ३५ लाख ११ हजार रुपैयाँमा सिमित थियो ।  

त्यस्तै, १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको होटलको जगेडा कोषमा भने ५६ करोड ३१ लाख रूपैयाँ कायम रहेको छ । त्यसैगरी, होटलको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ १६ पैसा रहेको छ ।

होटलले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको