Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको नाफामा सामान्य गिरावट, अन्य वित्तिय अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, ०७ : ४४ मा प्रकाशित

नेपाल टेलिकमको नाफामा सामान्य गिरावट, अन्य वित्तिय अवस्था कस्तो ?

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गिरावट आएको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद मुनाफा नाफा १.१४ प्रतिशतले घटेर २ अर्ब २२ करोड ६९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ  थियो। 

सो अवधिमा कम्पनीको संचालन आम्दानी ७.१० प्रतिशतले घटेर ९ अर्ब ८ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको सञ्चालन आम्दानी ९ अर्ब ७७ करोड ५३ लाख रुपैयाँ थियो । 

हाल चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७९ अर्ब २६ करोड ६८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ४६ पैसा रहेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५४० रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.४८ गुणा रहेको छ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः 

637444570fa36.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको