निर्वाचन अगाडि किन मौन अवधि हुन्छ र किन दिइन्छ भन्ने बारेमा आम मानिसका फरक फरक धारणा रही आएका छन् । तर यही अवधिमा नै सबैभन्दा बढी निर्वाचन आचारसंहिता उल्ल्घंन हुने गरेको पाइएको छ ।
निर्वाचन हुनु ४८ घन्टा अघि मौन अवधि सुरु हुने विश्वकै प्रचलित मान्यता हो । अमेरिकाको राष्ट्रपति निर्वाचन होस् वा जर्मनी, बेलायत, भारतमा समेत निर्वाचन अगाडि मौन अवधि राख्ने गरिन्छ । मौन अवधिको सुरुवात समेत बेलायतबाटै भएको बताइन्छ । निर्वाचन र लोकतन्त्रको जननीका रुपमा रहेको बेलायतबाटै मौन अवधिको समेत सुरु भएको हो ।
निर्वाचन हुनु ४८ घन्टा अघि सुरु हुने मौन अवधिले मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न प्रेरित गर्ने बताइन्छ ।
निर्वाचनको बारेमा विशेष गरी मतदातालाई कुन पार्टी ठिक, कुन उम्मेदवार ठिक भन्ने छनौट गर्नका लागि यस्तो अवधि तय गर्ने गरिएको निर्वाचनका जानकारले बताउने गरेका छन् । पैसाको चलेखल गर्ने, भोज भतेर गर्ने र मतदाता प्रभावित गर्ने काम नहोस् भनेर दिइने यस्तो अवधिमा नै बढी आचारसंहिता उल्लंघन हुने गरेको बताइन्छ ।
सबै राजनीतिक दल र उम्मेदवरालाई यस विषयमा थाहा भएपनि कोही कसैले पनि नियन्त्रण गर्ने तर्फ पहल भने गरेका छैनन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस