Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलन चर्किएपछि राष्ट्र बैंकले माग्यो चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनबारे सुझाव

अर्थ संसार

विहीबार, ०१ मंसिर २०७९, ११ : ५८ मा प्रकाशित

आन्दोलन चर्किएपछि राष्ट्र बैंकले माग्यो चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनबारे सुझाव

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनबारे सुझाव मागेकाे छ । चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा गरिएका व्यवस्थाहरू परिमार्जन गर्नुपर्ने भन्दै आन्दोलन चर्किएपछि राष्ट्र बैंकले राय सुझाव मागेकाे हाे ।

चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागू भएको १ महिना व्यतित भएको हुँदा कार्यविधि कार्यान्वयनको क्रममा कुनै समस्या वा दुविधा देखिएको भए मंसिर १० गतेभित्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको इमेल ठेगाना [email protected] मा बुँदागत रुपमा सुझाव उपलब्ध गराईदिन बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेकाे छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालू पुँजी कर्जाको औचित्य, प्रभावकारिता तथा सदुपयोगिता सुनिश्चित होस् भन्ने अभिप्रायले कार्तिक १ गतेबाट लागु हुने गरी चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गरिएको थियाे । बैंक तथा वित्तीय संस्थाका ग्राहक ऋणीले यस्तो कर्जा प्राप्त गर्ने मापदण्डमा एकरुपता भई कर्जा प्राप्त गर्न सहज हुने तथा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालू पुँजी कर्जाको सदुपयोगिता सुनिश्चित हुने सम्पत्तिको गुणस्तर सुदृढ एवं यथार्थपरक हुने, कर्जा जोखिम व्यवस्थापन प्रभावकारी हुने, कर्जा विश्लेषणमा एकरुपता आउने, निरीक्षण र सुपरीवेक्षण प्रभावकारी हुने विश्वास गरी मार्गदर्शन लागू गरिएको राष्ट्र बैंकले जनाएकाे छ ।

राष्ट्र बैंककाे सूचना हेर्नुहाेस् :

6375d2baba645.jpg 6375d2c31ac94.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको