Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, ११ : ३० मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेकाे लाभांश सुरक्षित गर्ने आज (मंसिर ६ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर ७ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज मंसिर ६ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंककाे मंसिर १ गते, बिहीबार, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे ३६औँ वार्षिक साधारण सभा मंसिर २५ गते, आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा दिउँसाे १ बजेदेखि सुरू हुनेछ ।

सभामा बैंककाे कार्तिक १४ गते साेमबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने,  सर्वसाधारण सेयरधनीहरूकाे तर्फबाट बैंककाे सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालककाे निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको