Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयनले एक्वायर गर्न लागेकाे सिभिल बैंककाे काराेबार फुकुवा

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, १७ : १८ मा प्रकाशित

हिमालयनले एक्वायर गर्न लागेकाे सिभिल बैंककाे काराेबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंक लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ ।

नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ । 

हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेलाई प्राप्ति गर्ने सम्झौतामा असार २९ गते, बुधबार हस्ताक्षर भएकाे थियाे ।

हिमालयन बैंकले सिभिल बैंकलाई १००ः०.८१ अनुपातमा एक्वायर गर्न लागेको हो । जस अनुसार सिभिल बैंककाे १०० कित्ता सेयर हुनेले हिमालयन बैंककाे ८१ कित्ता सेयर प्राप्त गर्नेछन् । 

सूचना हेर्नुहाेस् :

637cb44616101.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको