Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्ने तयारी, ब्याजदरमा हस्तक्षेपको संकेत

अर्थ संसार

आइतबार, ११ मंसिर २०७९, ०७ : ०१ मा प्रकाशित

मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्ने तयारी, ब्याजदरमा हस्तक्षेपको संकेत

नेपाल राष्ट्र बैंकले मौद्रिक नितीको पहिलो त्रैमासिक समिक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार आईतबार वा सोमबार सम्ममा मौद्रिक नितीको समिक्षा सार्वजनिक गर्ने तयारी छ । 

मौद्रिक नितीको पहिलो समिक्षा तयार भई राष्ट्र बैंकको उच्च व्यबस्थापनबाट समेत पास भइसकेकोले अब संचालक समितिबाट पास हुने बिक्तिकै सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ । राष्ट्र बैंकले निर्वाचन अघिनै पछिल्लो ३ महिनाको देशको आर्थिक अवस्था सार्वजनिक गरेको थियो जसमा बैदेशिक मुद्राको संचिती सहित धेरै सुचकांकमा सकारात्मकता थियो । 

राष्ट्र बैंक स्रोतका अनुसार यो पटकको समिक्षाले यसअघि आयातमा लगाइएको नगद मार्जिनलाई केहि परिमार्जन हुने संकेत देखिएको छ । त्यसैगरी ब्याजदरमा बिषयमा पनि चौतर्फि दवाब झेलिरहेको राष्ट्र बैंकले मौद्रिक नितीको समिक्षा मार्फत यसमा केहि नितीगत हस्तक्षेप गर्ने तयारी गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको