Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको ९० करोड लाभांश पारित, कहिले आँउछ सेयरधनीको खातामा ?

अर्थ संसार

आइतबार, ११ मंसिर २०७९, ०७ : १३ मा प्रकाशित

निफ्राको ९० करोड लाभांश पारित, कहिले आँउछ सेयरधनीको खातामा ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शनिवार चौथो वार्षिक साधारण  सभा मंसिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमाडौँमा सम्पन्न भएको छ ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गर्नुका साथै कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरेको छ । 

त्यस्तै कम्पनीले साधारणसभाबाट पारित भइसकेकाले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरिएको नगद लाभांश तुरुन्तै सेयरधनीहरुको खातामा पठाउन सूरु गर्ने जनाएको छ । अब साधारणसभाबाट पारित भइसकेकाले आईतबारदेखि नै हामि सेयरधनीको बैंक खातामा पठाँउन सुरु गर्छौ निफ्रा स्रोतले भन्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको