Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबारको समाचार केही छुट्यो कि ?

अर्थ संसार

मंगलबार, १३ मंसिर २०७९, २० : ४८ मा प्रकाशित

आज (मंसिर १३ गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३ प्रतिशत बाेनस सेयर र ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

२. बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मंसिर २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि मंसिर २६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

३. नेपाल राष्ट्र बैंकले प्रभु बैंककाे लाभांश स्विकृत गरेकाे छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ६.५० प्रतिशत बाेनस सेयर र १.५० प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । राष्ट्र बैंकले साेही लाभांश स्विकृत गरेकाे हाे । 

४. सुपर मादी हाइड्रोपावरले मंसिर २० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय र  वैदेशिक रोजगारीमा गएका नेपालीहरुका आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३१ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्न लागेकाे हाे । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि छिटोमा पुस ५ गतेदेखि ढिलाेमा पुस २० गतेसम्म आवेदन दिन सक्नेछन् । 

५. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडबीच मर्जरको अन्तिम सम्झाैता स्विकृत गरिएकाे छ । दुवै बैंककाे आज बसेको सञ्चालक समितिको बैठकबाट मर्जर प्रकृयाको क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत गरिएकाे छ । दुवै बैंकबीच जेठ २७ गते, शुक्रबार १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर सम्झाैता भएकाे थियाे ।

६. आज (मंगलबार) सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक बढ्दा फाइनान्समा लगानीकर्ताको आकर्षण देखिएकाे छ । मंगलबार नेप्से परिसूचक २ दशमलव ९९ अंकले बढेर १९ सय ५३ दशमलव ३५ विन्दुमा पुगेकाे छ । सेन्सेटिभ परिसूचक पनि ० दशमलव ०८ अंकले बढेर ३८२ दशमलव ६९ विन्दुमा पुगेको छ । कूल २३४ वटा कम्पनीकाे २५ लाख ८९ हजार ९ सय ९७ कित्ता सेयर खरिदबिक्री हुँदा ९५ करोड ७० लाख ६० हजार २ सय २५ रूपैयाँको कारोबार भएकाे छ । बढेकाे बजारमा सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ ।

७. नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ । राष्ट्र बैंककाे सुपरिवेक्षण विभागले पहिलाे त्रैमासमा विभिन्न शिर्षकमा ९ वटा वाणिज्य बैंक र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हाे । राष्ट्र बैंककाे कारबाहीमा पर्नेमा बैंक अफ काठमाण्डू लिमिटेड, कृषि विकास बैंक, प्रभु बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड, मेगा बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड रहेका छन् ।

८. नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा तोकेको सीमा हटाएको छ । राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन २०७८ संशोधन गर्दै लघुवित्तले चुक्ता पूँजीको ३० प्रतिशतसम्म मात्र नगद लाभांश बाँड्न पाउने साविकको व्यवस्था हटाएको हो । अब लघुवित्त वित्तीय संस्थाले नगद वा बोनस गरी वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ ।

९. दाेश्राे बजारमा आजबाट राेक्का भएका २ कम्पनीकाे काराेबार सुरू भएकाे छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार आज मंगलबारदेखि फुकुवा गरिएकाे हाे ।

१०. नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार सानिमा लाईफ इन्स्योरेन्सको ४ दशमलव २० प्रतिशत बाेनस बापतकाे  ८ लाख ४० हजार कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको