Like us!
Follow us!
Connect us!
Watch us!

२०.४ प्रतिशतले बढ्यो नेपाल भित्रिने रेमिट्यान्स

अर्थ संसार

विहीबार, २९ मंसिर २०७९, १६ : ५४ मा प्रकाशित

२०.४ प्रतिशतले बढ्यो नेपाल भित्रिने रेमिट्यान्स

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ४ महिनामा नेपाल भित्रिने रेमिट्यान्स २०.४ प्रतिशतले बढेकाे छ ।

नेपाल राष्ट्र बैंकले आज जारी गरेको तथ्याङ्क अनुसार २०७९ साउनदेखि कार्तिक मसान्तसम्म नेपालम कुल ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपाल भित्रने रेमिट्यान्स २०.४ प्रतिशतले वृद्धि भएको राष्ट्रबैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ७ प्रतिशतले घटेको थियो । 

पछिल्लो ४ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ७.३ प्रतिशतले घटेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको