Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकले गर्याे लाभांश घाेषणा, यस्ताे छ बैंककाे १० वर्षको लाभांश इतिहास

अर्थ संसार

आइतबार, ०३ पुस २०७९, १० : ५३ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकले गर्याे लाभांश घाेषणा, यस्ताे छ बैंककाे १० वर्षको लाभांश इतिहास

मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

बैंकको पुस १ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१०५  प्रतिशत नगद गरी कुल १४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएर र बैंकको साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

यस्ताे छ मुक्तिनाथ विकास बैंक लिमिटेड​को १० वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २२.५ प्रतिशत बाेनस र २७.५ प्रतिशत नगद गरि कूल ५० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ७.५ प्रतिशत नगद गरि कूल २७.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३८ प्रतिशत बाेनस र २ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३१ प्रतिशत बाेनस र १.६३ प्रतिशत नगद गरि कूल ३२.६३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३४ प्रतिशत बाेनस वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १८.२५ प्रतिशत बाेनस र ०.९६ प्रतिशत नगद गरि कूल १९.२१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १७.६ प्रतिशत बाेनस र ०.९३ प्रतिशत नगद गरि कूल १८.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ११.२५ प्रतिशत बाेनस र ४.२६ प्रतिशत नगद गरि कूल १५.५१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १७.५७५ प्रतिशत बाेनस र ०.९२५ प्रतिशत नगद गरि कूल १८.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको